Advertisement

तीन कृषकलाई ‘भीमदत्त पन्त कृषक’ पुरस्कार

भुवन भट्ट,
कञ्चनपुर – कञ्चनपुरमा उत्कृष्ट तीन कृषकहरूलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित गरिएको छ । विगत लामो समयदेखि कृषि क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका तीन कृषकलाई सम्मानित गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको हो । शुक्रबार कृषि ज्ञान केन्द्रले एक कार्यक्रमको आयोजना गरी विगत लामो समयदेखि कृषि क्षेत्रमा व्यवसाय गर्दै आउनु भएका कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठारा, भीमदत्त नगरपालिका–१५ का सरस्वती पाण्डे र पुनर्वास नगरपालिका–६ का विमल भण्डारीलाई भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको हो ।

उत्कृष्ट तीन जना कृषकलाई नगद २५ हजार र प्रमाणपत्रसहित सम्मानित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख महेशचन्द्र जोशीले जानकारी दिए । जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले उनीहरुलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए । विसं।२०६४ सालमा तीन कठ्ठा जमिनबाट केरा खेती थाल्नुभएका अर्जुन जेठाराले हाल ३० बिघा जमिनमा केरा खेती गर्दै आउनुभएको छ ।

 

यस्तै, तीन वर्ष पहिले एक गाईपालनबाट व्यवसाय सुरु गर्नुभएका भीमदत्त नगरपालिका १५ का सरस्वती पाण्डेले हाल ३६ माउ भैँसी र गाई पालन गर्दै आएका छन् । यस्तै, पुनर्वास नगरपालिका ६ का विमल भण्डारीले १० वर्ष पहिले इजरायलमा साना किसानबाट तालिम लिनुभएको थियो । उनले हाल केरा खेतीसँगै खाद्यान्न बालीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज