Advertisement

जग्गा फिर्ताको मागसहित आरक्षपिडित जिल्ला प्रशासनअगाडि टहरा बनाएर रिले अनसनमा

महेन्द्रनगर–जग्गा फिर्ताको मागसिहित आरक्षपिडित जिल्ला प्रशासन आगाडि टहरा बनाएर धर्नामा बसेका छन् । विक्रम संम्बद २०५८ सालमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज निर्माणको क्रममा विस्थापित भएका आरक्षपिडित पुर्नस्थापना अर्थात जग्गा फिर्ताको मागसहित सोमबारदेखि जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि घरटरहरा बनाई रिलेअनसनमा बसेका हुन् । ढक्का सिविरमा बस्दै आएका झण्डै अढाईसय परिवार लालाबालासहित जिल्ला प्रशासन अगाडि अस्थायी टहरा बनाई बसेका छन् ।
सरकारले पुर्नस्थापना गर्न नसक्ने, खाली जमिन भएको क्षेत्रमा बस्दा प्रहरी प्रशासनको दुरुपयोग गरी उठाउने कार्य गर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मुल गेट अगाडी टहरा बनाई बसेको उनीहरुले दुखेसे पोखेका छन् ।
सोमबार छठको सार्वजनिक विदा भएकाले आरक्षपीडित र स्थानीय प्रशासनविच वार्ता हुन सकेको छैन् । यहि ५ कार्तिक(बुधबार) कृष्णपुर नगरपालिका १ जयशंकर सामुदायिक वन कब्जा गरेर बसेका आरक्ष पीडितलाई स्थानीय प्रशासन सहित सुरक्षा निकायले हटाएका थिए ।
पीडितले निकास देउ भन्दै प्रशासनमा विदाकै दिनमा पनि धर्ना दिएका हुन ।
अढाई दशक अघि विस्थापित आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले पुर्नस्थापनाका लागि जिल्लादेखि केन्द्रसम्म सघर्ष गर्दा गर्दैपनि आफुहरुको न्यायका लागि कसैले चासो नदेखाएपछि बाध्य भएर जहाँ खाली छ, त्यही बसेको तर फेरी वनले र प्रहरी प्रशासनबाट अन्याय भएको दुखेसो पोखे । संविधानमा हरेक नागरिकलाई भूमि तथा बसोबासको अधिकार भएपनि तत्तकालिन सरकारले आफुहरुको उठिबासी गरेकाले अहिले आफ्नो अधिकारका लागि आफै लडेको बताएका छन ।
०५८सालमा तत्तकालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरुको हालसम्म पुर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज