Advertisement

जंगली हात्तीको आतंकले चन्द्रपुरमा त्रास: रातभर सुत्न सकेनन् स्थानीय, आन्दोलनको चेतावनी

प्रेमचन्द्र झा, रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिवेला हाइस्कुल नजिक गए राति जंगली हात्तीको आतंकले स्थानीय बासिन्दाको जीवन त्रासमय बनेको छ। जंगली हात्तीले स्थानीय निरास कुमर र मेघनाथ कछडियाको घरमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रमुख ईन्सपेक्टर रुपेश झाले घटनाको पुष्टि गर्दै सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए। तर, प्रहरीको भनाइ सुन्दा मात्र पुग्दैन, स्थानीयको जीउधनको सुरक्षामा अझ गम्भीर चासो आवश्यक देखिएको छ।

जंगलबाट आउने हात्तीहरूले रातको सुताइ हराम बनाइदिएको छ। जुडिबेला माविका प्रधानाध्यापक जुगल किशोर सिँहका अनुसार, पछिल्ला दिनहरूमा जंगली हात्तीले घर भत्काउने, फलफूल नष्ट गर्ने, बाली कुल्चने, नाली भत्काउने जस्ता गतिविधिहरू बारम्बार दोहोरिएका छन्। तर, सरोकारवाला निकाय भने ‘मौन दर्शक’ मात्र बनेको आरोप लगाइएको छ।

स्थानीयवासीको धैर्यको बाँध अब चुँडिन थालेको छ। पटक–पटक यस्ता घटनाबाट हैरान भएका स्थानीय अब कडा आन्दोलनमा उत्रने चेतावनी दिइरहेका छन्। “दिनदिनै ज्यानको जोखिममा बाँच्नुपर्ने? सरकारको जिम्मेवारी कहाँ गयो?” एक स्थानीय बासिन्दाले आक्रोश पोखे।

यदि समयमै सरकारी निकाय गम्भीर नभए, चन्द्रपुरमा आन्दोलनको झिल्का जुनसुकै बेला सल्किन सक्छ।
स्थानीयहरूको माग छ – वन्यजन्तुको नियन्त्रण, पीडितको राहत, र दीर्घकालीन सुरक्षा रणनीति बनाई जनतालाई राहत दिनु पर्ने स्थानिय समाजसेवी प्यारो कार्कीले सरोकारबाला निकासंग माग गरेका छन ।

सरकार गम्भीर नभएसम्म, जंगली हात्तीको आतंक मात्रै होइन, चन्द्रपुरमा जनआन्दोलनको हुंकार पनि सुनिने सम्भावना प्रबल देखिन्छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज