Advertisement

छाउगोठ हटाउने अभियानमा सक्रिय हुन् अनेम संघ कञ्चनपुरद्धारा अपील

महेन्द्रनगर – महिलामाथि हुने सबै किसिमको विभेद र हिंसाको अन्त्यका लागि निरन्तर संघर्षरत अखिल नेपाल महिला(अनेम) संघ जिल्ला कमिटी, कञ्चनपुरले छाउगोठ उन्मूलन अभियानमा सक्रिय हुन् संगठनमा आवद्ध नेता कार्यकर्तालाई आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गदैँ अनेम संघ कञ्चनपुरले महिलामैत्री वातावरण निर्माणमा योगदान पुयाउन राज्यका सबै निकाय, सरोकारवाला संस्था र नागरिक समाजलाई आग्रहसहित अखिल नेपाल महिला संघसँग आबद्ध जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफ्नो स्थानीय पालिकामा छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन दिएको हो ।
शनिबार कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीका २८ वर्षीय कमला आउजी दमाइको छाउगोठमा सुतिरहेका बेला सर्पदंशबाट ज्यान गएको थियो । महिलाको मौलिक अधिकार सुनिश्चित गर्न र समानतामूलक समाज निर्माण गर्न छाउगोठ जस्ता कुरीति अन्त्य गर्नु अत्यावश्यक भएको उल्लेख गरीएको अनेम संघ कञ्चनपुरकी अध्यक्ष चिनि गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ ‘छाउपडी प्रथा नारीलाई दोस्रो दर्जाको नागरिक बनाउने, महिलाको आत्मसम्मान कुण्ठित गर्ने र जीवन नै जोखिममा पार्ने परम्परा भएको कुप्रथा हो ।’

अखिल नेपाल महिला संघसँग आबद्ध रहनुभएका जिल्ला भरिका सबै महिला दिदिबहिनीहरुलाई आ–आफनो स्थानीय पालिका छाउगोठ भत्काउने अभियानमा सक्रिय हुन निर्देशन गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । साथै अनेम संघले कृष्णपुरको घटनाबाट सचेत हुँदै अब उप्रान्त यस्ता घटना नहुने गरि कामको थालनी गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित सरोकारवाला सबै निकायहरुको ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारले २०७५ सालमा नै छाउपडी प्रथाको अन्त्य गर्न कानूनी रुपमा निषेध गरेको छ । सुदूरपश्चिमको विभिन्न स्थानमा अमानवीय र विभेदकारी प्रथा कायमै छ । असार २८ गते शनिबार राति जिल्लाको कृष्णपुर नगरपालिका वडा नं १ निगाली बस्ने महिलाको छाउगोठमा सुतेको अवस्थामा बिषालु सर्पको टोकाइबाट उपचारकाक्रममा अकाल मैं ज्यान गएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज