Advertisement

‘चित्तलको उद्धारपश्चात उपचारका लागि राखिएको हो’ : मेयर ओझा

महेन्द्रनगर–कञ्चनपुरको कृष्णपुर नगरकाका नगर प्रमुख हेमराज ओझाले घाइते चित्तलको बच्चालाई उद्धार गरी उपचारका लागि मात्रै नगरपालिकामा राखिएको बताएका छन् । शनिबार पत्रकार सम्मेलन गरी अबैधरुपमा पालिएको चित्तलको विषयमा नगर प्रमुख ओझाले गलत नियतका साथ नगरपालिकामा चित्तल नराखिएको बताएका हुन् । उनले नियत सफा राखेर पालिएको र यस विषयमा पुर्व डिएफो कडेल र बर्तमान डिएफो यादबलाई मौखिक जानकारी गराएको पनि बताए ।
निगाली स्वास्थ्य चौकीमा भवन बनाउनका लागि प्रदेश सरकारको ८०÷८५ लाखको अनुदान आएको र त्यहा सालको रुख बिपतका दृष्टिकोणले नोक्सान गर्न सक्ने भएकोले रुख ब्यवस्थापनका लागि डिएफोसंग छलफलको क्रममा चित्तलको बारेमा जानकारी दिएको मेयर ओझाले बताए । आफुलाई चित्तल पाल्ने सौख नभएको उल्लेख गर्दै नगर प्रमुख ओझाले आफ्नै जमिनमा खोर बनाएर पाल्न सक्ने तर चित्तललाई उपचारका लागि मात्रै राखिएको बताए । ‘म पाल्ने भा भए मेरो घरबाटै नजिक चाही वडा नं. ७ हो म सौखिन भा भए मेरै दश विगा जग्गा छ राम्रो खोर बनाएर पाल्थे,’ नगर प्रमुख ओझाले भने, ‘यसरी चाही किन राख्थे र ? आठ बजे बाहिर हिड्ने मान्छेलाई समयको ठेगान हुदैन् खासमा चित्तलको उद्धारपश्चात उपचारका लागि यहा राखिएको हो । कानुनि प्रक्रिया मौखिकरुपमा डिएफोसंग गरेका थियौ।’
कामका दौरानमा देखिएका सामान्य त्रृटीलाई लिएर मुद्दा बनाईको उल्लेख गर्दै आफु विकास निर्माणमा अघि बढिरहेको नगर प्रमुख ओझाले बताए । कृष्णपुर नगर पालिकाको बिरुद्धमा ४÷५ पटक अख्तियारमा मुद्धा हालेर पालिकाका कर्मचारीलगायत आफुलाई हतोत्साहित गरिरहेको भएता पनि आफु त्यसबाट नडराउने नगर प्रमुख ओझाले बताए ।
नगरपालिकाद्धारा गत आर्थिक बर्षमा भ्याट बाहेक ६ लाख २ हजार रुपैयामा बनाइएको टहरा विपत् सामाग्री व्यवस्थापन तथा बहु प्रयोजनका लागि निर्माण गरीएकोमा पनि अन्यथा प्रचार गरी अफबाह फैलाईएको दावि नगर प्रमुख ओझाको छ ।
नगर अस्पताल भवन अघिल्लो सरकारका पालामा ठेक्कादेखि डिपिआर निर्माण भएको तर कार्यन्वयनमा ल्याउदा ठेक्कामा भएको ईष्टमेट अनुसारको जग्गा र डिपिआरमा उल्लेख गरीएको जग्गामा फरक परेकोले निर्माण गर्न नससकेको नगर प्रमुखले स्पष्टोक्ति दिए । ‘नगर अस्पताल बनाउनका लागि हामी आउनुभन्दा अगाडि नै डिपिआर र ठेक्का सम्झौता भईसकेको थियो,’ उनले भने, ‘डिपिआरमा उल्लेख गरीएको जमिनको क्षेत्रफल र ठेकेदारसंग भएको सम्झौतामा पत्रमा उल्लेख गरीएको जमिनको क्षेत्रफल फरक परेका कारण डिपिआर नै सच्याएर पुनः ठेक्का गर्नुपर्ने भएकाले ठेक्का तोड्नुपर्ने बाध्यता छ तर ठेक्का तोड्दाखेरी पालिकालाई एक करोडभन्दा बेसी घाटा लागि रहेकोछ, त्यसकारण ठेकेदारसंग आपसी छलफल भईरहेको छ ।’ कर्मचारी जनप्रतिनिधीलाई ईन्धन सुविधा अघिल्लो सरकारकै पालादेखि भएकाले खाईपाई आएको सुविधा खोस्न निकै नै गाह्रो भएको उल्लेख गर्दै अवको आर्थिक बर्षदेखि त्यसलाई पनि व्यवस्थित गर्दै जाने उनले बताए ।

पत्रकार सम्मेलनमै नगर प्रमुख ओझा खिस्स !

महालेखाको प्रतिबेदनलाई आधार बनाएर ‘कृष्णपुर नगरपालिकाको डेढ करोड रकम ईन्धनमा’ समाचार शिर्षक हाल्नुभन्दा अगाडि विकाससहित भनेर किन नहेरीदिएको भन्दै पत्रकारसम्मेलनमा दुखेसो पोखेका नगर प्रमुख ओझाले विकासमा कति ईन्धन खर्च गरीएको हो ? भन्ने पत्रकारहरुको प्रश्नको नाजवाफ भए । नगर प्रमुख ओझाले विकासको क्रममा भएको ईन्धनको डाटा दिन सकेन् । त्यसैगरी पत्रकारसम्मेनलकै दौरानमा पत्रकारहरुले बजेट ल्याउनु भएको हो नगर प्रमुख ज्यू ? भन्ने प्रश्नको सजिलो गरी ‘ल्याईसके, हाम्रो वेवसाईटमा हेर्न सक्नुहुन्छ ।’ भन्ने जवाफ फर्काएका नगरप्रमुखलाई वेवसाईटमा सर्च गर्दा बजेट नै नपाएका अनुत्तरीत पत्रकारले फेरी वेवसाईटमा छैन किन झुट बोल्नुहुन्छ नगर प्रमुख ज्यू ? भन्दा अव केहिदिनमा हाल्नेछौ । भन्दै नगर प्रमुख ओझा खिस्स भएका थिए ।
नगर प्रमुख ओझाले सामुदायिक विद्यालय सुधार देखि विकासका पूर्वाधार निर्माणमै आफ्नो ध्यान गएको पनि दावि गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज