Advertisement

कृष्णपुरमा मेयर कप फुटबल र उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने, आज फुटबल र आईतबारदेखि भलिबलको समुद्धघाटन हुने

महेन्द्रनगर – कृष्णपुर नगरपालिकाको आयोजनामा दोस्रो कृष्णपुर मेयर कप फुटवल तथा प्रथम कृष्णपुर उपमेयर कप महिला प्रतियोगिता हुने भएका छन् । आजबाट दोस्रो कृष्णपुर मेयर कप फुटबल प्रतियोगिता हुदैछ भने १८गतेदेखि प्रथम उपमेयर कप महिला भलिवल प्रतियोगिता हुदैछ । शुक्रबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र नगर उप प्रमुख द्रोपती रानाले संयुक्तरुपमा ट्रफि तथा मेडल सार्वजनिक गर्दै उक्त प्रतियोगिताको बारेमा जानकारी दिए ।

पछिल्लो समयमा समाजमा लागुपदार्थको कुलतमा युवयुवति लागिरहेको सन्दर्भमा ‘हाम्रो सामुहिक गोल लागु पदार्थ दुव्र्यसनको अन्त्य’ कृष्णपुर को शान खेलकुद मार्फत महिला सशत्तितीकरण अभियान भन्ने मुल नारा दिएर दोस्रो मेयर कप फुटबल प्रतियोगिता कृष्णपुर–०६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आयोजना आजबाट सञ्चालन हुनेछ । त्यसैगरी प्रथम उपमेयर कप भलिबल प्रतियोगिता आईतबारदेखि वडा नं. २ बाणि स्थीत कवर्डहलमा १६ बजेदेखि सञ्चालन हुने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले ट्रफि सार्वजनिक गर्दै उक्त जानकारी दिए ।

उनले प्रतियोगिता अन्तराष्ट्रिय नियमअनुसार हुने बताए । दुवै प्रतियोगिता लिग चरणमै हुने मेयर ओझाले बताए । मेयर ओझाले फुटवल प्रतियोगिताले नगरपालिकाको फटवल टोलिले पनि सहभागिता जनाउने बताए । महिला खेलाडीहरुलाई सम्पूर्ण ड्रेसदेखि लिएर जुत्तालगायतका सामाग्र्रि उपलब्ध गराउने मेयर ओझाले बताए ।
दुवै प्रतियोगिताको पुरस्कारको रासि बरावर रहेको मेयर ओझाले बताए । उनका अनुसार प्रथम पुरस्कार ५१,१५१ र ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उपविजेता टिमलाई रु ३१,१३१ ट्रफी, मेडल र प्रमाणपत्र सेमिफाइनल टिम पुग्ने टिमहरुलाई रु एघार हजार एक एघार रुपया नगद प्रदान गरीनेछ । त्यसैगरी व्यक्तिगत पुरस्कारका रुपमा विधागत पुरस्कार एकहजार देखि दुई हजार सम्म नगद र प्रत्येक म्याचको प्लेयरलाई ट्रफि प्रदान गरीने आयोजले जानकारी दिएको छ ।

महिलाहरु पनि केहि न केहि गर्न सक्छन भन्ने कुरालाई प्रमाणित गर्नका उपमेयर महिला भलिवल प्रतियोगिता आयोजना गरीएको नगर उप प्रमुख द्रोपति रानाले बताईन् । उनले लागुऔषदको कुलतबाट युवा र समाजलाई जोगाउनका लागि प्रतियोगिताले अहम भुमिका खेल्ने बताइन् ।

ट्रफि सार्वजनिक कार्यक्रममा खेलकुद संयोजक एवं वडा नंम्बर ३ का वडाअध्यक्ष खेमराज चौधरीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिमा नगर प्रमुख हेमराज ओझा तथा बिशिष्ठ अतिथिमा उप प्रमुख द्रोपती राना रहेका थिए । त्यसैगरी वडा नं. ६ का वडा अध्यक्ष बाबुराम चौधरी र कार्यपालिका सदस्य रत्नादेवि बोहराको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज