Advertisement

कार्यपालिका बैठक मै वडा अध्यक्षलाई दुव्यवहार र असुरक्षा !

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको एक नगरपालिकाको कार्यपालिका बैठकमै वडा अध्यक्षलाई दुव्र्यवहार र असुरक्षा महसुस भएको छ । आईतबार जिल्लाको भीमदत्त नगरपालिकाको १२औ कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुबाटै असुरक्षित महसुस भएर कार्यपालिका छोडेर बाहिर निष्किएको वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । आफुले आफ्ना वडाका योजनामा बजेट किन नहालेको ? हालि दिनुप¥यो भनेर समय मागेर बोलिरहेकै बेला वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापाले तत र मम गर्दै आफुमाथि दुव्र्यवहार गर्दै जाई लागेको वडा अध्यक्ष देवकोटाले दावि गरेका छन् ।

 

‘आज कार्यपालिकाको १२औ बैठकमा मैले भीमदत्त नगरपालिका वडा नं. १८ अन्तरगत खैरभट्टी क्षेत्रमा पर्ने वडा न.. १८ र वडा नं. १५को सीमाना जोडने सडक कालोपत्र र वडा नं. १८ कै शिवपार्वती टोलदेखि निम्बुखेडा गणेश नाथको घरसम्म जोड्ने अधुरो सडक निर्माणका लागि बजेट तर्जुका लागि मैले भनिरहको थिए, जनताका सवालहरुलाई उठाउने सन्दर्भमा, त्यहा कुरा राख्दै गर्दा,’ उनले भने, ‘वडा नं. ११ का वडा अध्यक्ष ज्यू उठ्नुभयो र एक्कासी उहाँले भन्नुभयो तपाई बढ्ता कुरा गर्ने ? भनेर सिधै आक्रमक तरिकाले उहाले जुन ममाथि जुन दुव्यवहार गर्नुभयो, यो ममाथि उहाँले कार्यपालिका संञ्चालन कार्यविधि नियमावली विपरित दुव्यवहार गर्नुभएको छ । ममाथिउहाँले ममाथि दुव्यवहार गर्नुभयो, उहाँले अनावश्यक तरिकाले तलाई बाहिर देखाउछु भन्ने कुरा गर्नुभयो यो कार्यपालिका बैठक संञ्चालन कार्यविधि विपरित हो मलाई जुन किसिमको दुव्यवहार गर्नुभएको छ त्यसको घोर भत्सर्ना गर्दछु, उहाँका कारण म कार्यपालिका बैठकमै बस्ने बातावरण नभएपछि मैले असुरक्षाको मैले गरे । असुरक्षाको महसुस गरीसकेपछि म कार्यपालिकाबाट निस्कन बाध्य भए ।’

 

वडा अध्यक्ष देवकोटाले आफुमाथि भएको दुव्यवहारको बारेको बारेमा नगर प्रमुखले बोल्नुपर्ने बताए । ‘यो विषयमा उहाँले जनु ढङ्गले दुव्यवहार भएको छ यो आपत्तिजनक छ, म चाही कार्यपालिकाको बैठकमै छु । बैठकको क्रममा यी कुराहरु भएको छ,’ वडा अध्यक्ष देवकोटाले भने, ‘यो विषयमा नगर प्रमुख ज्यूले बोल्नुपर्छ । उहाँले यी कुरालाई अगाडि बढाउनुपर्छ । अव उहाले कुन ढंगले हेर्नुहुन्छ उहाको विषयमा ।’

 

भीमदत्त नगरपालिका द्धारा प्रकाशित राजपत्रमा कार्यपालिका बैठक संञ्चालन कार्यविधिमा बैठक चलिरहदाँ सभाध्यक्षसंग समय माग गरेर कुनै सदस्य बोलिरहेको समयमा अन्य कार्यपालिका सदस्यले विचमा कुरा काट्न र बोल्न नपाईने व्यवस्था रहेको छ । तर वडाध्यक्ष थापाले कार्यविधिकै विपरित अराजक गतिविधि गरेको वडा अध्यक्ष देवकोटाको दावि छ ।

भीमदत्तको असार १० गते हुने नगर सभाका नीति तथा कार्यक्रममाथि छलफलका लागि दिउँसो आज ३ बजेट बैठक बसेको हो । कार्यपालिकामा नेकपा एमाकाले तिन जना मात्रै सदस्य रहेका छन भने नेपाली कांग्रेसको बहुमत रहेको छ । नगर प्रमुख पदम बोगटीले कार्यपालिकामा पेलेर जाने गरेको आरोप लाग्दै आएको छ । गत बर्षको बजेटको शिलसिलामा पनि नगर प्रमुखले वडा नं. १८ मा न्यून बजेट विनियोजन गरेको वडा अध्यक्ष देवकोटाले गनासो राखेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म ...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज