Advertisement

कञ्चनपुर जिल्ला अदालतद्धारा ७० प्रतिशत मुद्धा फछ्यौट, ७ सय ५ मुद्धाको छिनोफानो हुन बाँकि

महेन्द्रनगर – पछिल्ला चार वर्षमा कञ्चनपुर जिल्ला अदालतले मुद्धा फछ्यौटको प्रतिशत बढाएर ७० प्रतिशतमा पु¥याएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ मा दुई हजार ३ सय ५० मुद्धा फर्छयौट गर्नुपर्नेमा एक हजार ६ सय ४५ मुद्धाको छिनोफानो गरेको हो । नयाँ दर्ता एक हजार तीन सय २१ र जिम्मेवारी सरी आएका एक हजार २० गरि दुई हजार तीन सय ५० मुद्धा दर्ता भएकोमा ७ सय ५ मुद्धा फेरी पनि फर्छयौट गर्न बाँकि रहेका छन् ।

कञ्चनपुर अदालतले आर्थिक वर्ष २०७८।७९ मा ४४ दशलमलव १५ प्रतिशत, आर्थिक वर्ष २०७९।८० मा ५२ दशमलव १० प्रतिशत, आव २०८०।८१ मा ५३ दशलमल ८३ प्रतिशत मुद्धा फर्छयौट गरेको थियो ।
त्यस्तै अदालतले दुई वर्ष पुराना मुद्धा शुन्यमा झारेको छ । २०७८/०८९ मा ३२, ०७९/८० मा २६, २०८०/८१ मा २९ मुद्धा दुई बर्ष पुराना रहेका थिए । अदालतले पुराना मुद्धा हरुलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गरेको कारण दुई बर्ष पुराना मुद्धा शुन्यमा झार्न सफल भएको जिल्ला अदालतका न्यायधिश आत्मराम जोशीले बताए । दुई बर्ष नाघेका मुद्धा शुन्यमा झारेता पनि १८ महिना नाघेका १९ मुद्धाको छिनोफानो गर्न बाकि रहेको छ ।

 

लागू औषधका मुद्धा बढी

जिल्लामा पछिल्लो समय लागु औषध सेवनका मुद्धा बढ्दैँ गएका छन् । चालु आर्थिक वर्षमा मात्रै कञ्चनपुर जिल्ला अदालतमा लागु औषधका एक सय ८९ मुद्धा दर्ता भएका छन् । त्यस्तै अन्य फौजदारी मुद्धामा अभद्र व्यवहारका ६६, जबरजस्ती करणीका ३८, जबरजस्ती करणी उद्योगका २६, ठगीका ३०, बिवाह सम्बन्धी कसूरका ४२ र मानव बेचबिखन तथा ओसार पसारका १७ मुद्धा दर्ता भएका छन् ।
त्यस्तै देवानी मुद्धातर्फ सम्बन्ध विच्छेदका दुई सय ९१, अंश समेतका ७५ र लेनदेनका ४२ मुद्धा दर्ता गरिएको कञ्चनपुर जिल्ला अदालतले जनाएको छ ।

 

जिल्ला अदालतका न्यायधिश आत्मराम जोशीले कानूनी व्यवस्था अनुसार अदालतले न्यायनिरोपण कार्य गरिरहेको बताए । कार्यालयको व्यवस्थापकीय पक्ष सुधारसँगै कार्यसम्पादनमा जोड दिएकाले मुद्धा फछ्यौटको दर बढेको उनको भनाई छ ।

 

उनका अनुसार पछिल्लो समय लागु औषधका मुद्धाहरु अत्यधिक बढेकाले त्यसलाई रोक्न अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । ‘खुला सिमा नाकाका कारण युवाहरुमा लागु औषधको प्रयोग बढ्दो छ,’ न्यायधिश जोशीले भने, ‘यसले समाजलाई नै आक्रान्त बनाई रहेको छ, यस विरुद्ध सबैले अभियान चाल्न जरुरी छ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

देवलहाटको शिलालेख : बैतडीको वास्तविक इतिहास बोल्ने मौन दस्तावेज

उद्धव सिंह - इतिहास केवल पुस्तकका पानाहरूमा सीमित हुँदैन; यो शिलामा कुँदिएका अक्षरहरू, माटोभित्र गाडिएका अवशेषहरू र पुर्खाहरूले छो...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज