Advertisement

कञ्चनपुर जिल्लामा पनि निषेधाज्ञा जारी

महेन्द्रनगर – कञ्चपनुर जिल्लामा पनि निषेधाज्ञा जारी गरीएको छ । जिल्लाको महेन्द्रनगर बजार क्षेत्र र पालिका केन्द्रमा सार्वजनिक शान्ति तथा अमन चयन कायम राख्न भन्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले निषेधाज्ञा जारी गरेका हुन् । जेन जेड को पक्षमा उत्रिएको प्रदर्शनकारीहरुले तोडफोड, आगजनी लगायतका क्रियाकलापलाई मध्यनजर गर्दै ११ बजेदेखि लागु हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी ढकालले निषेधाज्ञा जारी गरेका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) र ६(३) बमोजिम कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिषरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँबायाँ ३ तिन किलोमिटर र बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्र भित्रका बजार क्षेत्रमा निषेधाज्ञा लागु गरीएको छ ।
निषेधाज्ञा गरीएको क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । निषेधाज्ञाको उलंघन गरी बिना स्वीकृति ५ जना भन्दा बढी व्यक्ति आवतजावत वा भेला वा निषेधित कार्यहरु गरेमा सुरक्षको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही हुने समेत प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
जेन जेडले गरेको आन्दोलनमा घुसपेट भई हिंसात्मक भएपछि आजदेशभरी आन्दोलन चर्किएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज