Advertisement

अमरगढी किल्लाको कोतघर निर्माण गरिदै

डडेल्धुरा–डडेल्धुरा जिल्लामा रहेको ऐतिहांसिक अमरगढी किल्लामा कोतघर निर्माणको काम थालिएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ मा अवस्थित अमरगढी किल्लामा डेढ करोड लागतमा कोतघरसंगै किल्ला भित्र र बाहिर पत्थर बिछाउनेगरि नेपाली सेनासंग ठेक्का सम्झौता भई असारको अन्तिम साताबाट कोतघर निर्माणको कार्य सुरु गरीएको हो । गत आर्थिक बर्ष २०८१÷०८२ मा बजेट विनियोजन गरीएको भएता पनि आर्थिक बर्षको अन्तिममा आएर बजेट सुनिश्चितता भएपछि निर्माण कार्य सुरु गरीएको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्राबिधिक दिपक ओझाले बताए । उनका अनुसार बजेट ढिला गरि प्राप्त भएपछि असार महिनाको पहिलो साता मात्रै ठेक्का सम्झौता भएको थियो । गत आर्थिक वर्षमा काम नसकिने निश्चित भएपछि म्याद थप गरि चालु आर्थिक वर्ष २०८२÷०८३ मा निर्माण कार्य सम्पन्न गर्ने लिईएको उनले बताए ।

नेपाली सेनाको अमरगढी नगरपालिका १ दहमा रहेको अर्जुनवाण गण र कार्यालयले साईड क्लियर गरि ठेक्का सम्झौता गरेको प्राबिधिक ओझाले जानकारी दिए । अहिले कोतघर निर्माणका लागि फाउन्डेसनको कार्य मात्रै सकिएको उनले बताए । किल्ला क्षेत्र विकास समितिका सदस्य श्याम सिंह सिनालले सेनाद्धारा पुनः कोतघर निर्माण भईरहेको जानकारी दिए ।

पुरानो कोतघरको भग्नावषेश मात्रै रहेको अमरगढी किल्ला भित्र नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम अन्तरगतको २० लाख रकम लागतमा २०७७ सालमा कोतघर निर्माण गरिएको थियो । सेनाले २० लाखमा निर्माण गरेको कोतघर निर्माण गरीएको एक बर्षमै भत्किनुका साथै जिर्ण भएपछि नयाँ कोतघर निर्माण गर्न प्रक्रिया बढाइएको थियो । उक्त कोतघरको निर्माणको बर्षदिनमै छत भत्किने अवस्थामा पुगेको थियो । ढुंगाले चिनाई गरि पत्थरले छानो छाईएको कोतघरको छानोको धुरीबासो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो ।

गत आर्थिक वर्षमा नेपाली सेनाको अर्जुनवाण गणले अमरगढी किल्ला भित्र प्रवेश गर्ने मुख्यद्धारको समेत जिर्णोदार गरेको थियो । सेनाले २५ लाख रकममा ठेक्का सम्झौता मार्फत सुरुङ मार्गमा सालको काठ लगाई बाटो निर्माण गरेकोमा काठका आडमा ठूला ढुंगाले बनेको किल्लामा काठ कुहिएपछि ढुंगा भत्किने अवस्थामा पुगेका छन । केही ठाउँमा भत्किएका पनि छन । सुरुङ मार्गमा काठ लगाईएको किल्ला क्षेत्र विकास समितिका अध्यक्ष प्रविन जैरुले जानकारी दिए । उनका अनुसार सेनाले सुरुङ मार्गसंगै चौतारो निर्माण, आगनमा पत्थर लगाउने काम गरि रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज