Advertisement

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका छन् । सोमबार भएका खेलमा इन्टरनेशनल पब्लिक स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल विजयी भएका हुन् । पहिलो खेलमा ईन्टरनेशनल महेन्दनगर नमुना माविसंग ३९ रनअन्तर, दोस्रो खेलमा मर्निङ्ग ग्लोरी बैजनाथ माविसंग १४ रनअन्तर र तेस्रो खेलमा वेस्टर्न पब्लिक लक्ष्मी माविसंग ३७ रन अन्तरले विजयी भएका हुन् ।

पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इन्टरनेशनल पब्लिक स्कुलले १९ दशमलव १ ओभरमा ८२ रन बनायो । इन्टरनेशनलका लागि प्रिन्सले ३३ तथा हिमालले २२ रनको योगदान गरे । बलिङतर्फ महेन्द्रनगर नमुना माविका महेन्द्र रावतले चार ओभर बलिङ्ग गर्दै २८ रन खर्चेर ४ विकेट लिए भने सम्रराट जोशीले ४ ओभर बलिङ्ग गर्दै ३ विकेट लिए ।
८३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको महेन्द्रनगर नमुना मावि १५ दशमलव ५ ओभरमा अलआउट हुदै ४३ रनमा समेटीएको हो । बलिङमा इन्टरनेशनलका प्रिन्स भण्डारीले ३ ओभर बलिङ्ग गर्दै २ मेडन राख्दै हेट्रिक सहित ३ विकेट लिए । प्रिन्स भण्डारी प्लेयर अफ द म्याच घोषित भए ।

 

दोस्रो खेलमा टस जितेर व्याटिङ्ग रोजेको मर्निङ ग्लोरीले १९.३ ओभरमा १ सय २१ रन बनाउँदै अलआउट भयो । मर्निङ्ग ग्लोरीका लागि सार्वाधिक ३१ रन जोडेका अमुल भाट प्लेयर अफ द म्याच घोषित भए । उनले २६ बल बलिङ्ग गरेका थिए । जवाफी ब्याटिङमा उत्रिएको बैजनाथ मावि १०७ रनमा समेटियो ।

तेस्रो खेलमा टस जितेर व्याटिङ्ग रोजेको वेस्टर्नले १९.२ ओभरमा अलआउट हुदै १ सय १२ रनको लक्ष्य दिएको हो । जवाफी व्याटिङ्गमा मैदान उत्रेको लक्ष्मी मावि ११.१ ओभरमा ७३ रन बनाउदै अलआउट हुनपुग्दा वेस्टर्नले ३७ रनको जित दर्ता गरेको हो ।

 

प्रतियोगितामा भीमदत्तका १८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिता जेठ २३ गते समापन गरीनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज