Advertisement

samachar

नेपाली कांग्रेसले मुस्ताङबाट खोल्यो जितको खाता

नेपाली कांग्रेसले मुस्ताङबाट खोल्यो जितको खाता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाण्डौ – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट विजयी खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए । ०७९ मा योगेशले ३९९६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका थिए । योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उन...
कञ्चनपुरमा ५८ प्रतिशत मत खस्यो, मतपेटिका मतगणना स्थलमा ल्याइँदै

कञ्चनपुरमा ५८ प्रतिशत मत खस्यो, मतपेटिका मतगणना स्थलमा ल्याइँदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुर जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्लामा ३ लाख १४ हजार ३८५ मतदाता रहेकोमा १ लाख ८४ हजार ३१६ मत खसेको हो । यो कूल मतको ५८ दशमलव ८३ प्रतिश हो । १ लाख २ हजार ५१९ जना महिला र ८१ हजार ७९७ जना पुरुष मतदाताले मतदान गरेका छन् । निर्वाचन क्षेत्र नं १ मा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकोमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाता गरी ६१ हजार ७४ जनाले मतदान गरेका छन् । यो मत कुल मत ६० दशमलव ०४ प्रतिश हो । त्यसैगरी निर्वाचन क्षेत्र न २ मा कुल माताको ५९ दशमलव २१ प्रतिशत मत खसेको छ । या निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता रहेका छन् । ६४ हजार ८८१ मत खसेको हो । यसमा ३६ हजार ३८६ जना महिला र २८ हजार ४९५ जना पुरुषले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख अधिकृत हरिशचन्द्र जोशीले बताए । निर्वाचन क्षेत्र नं ३ मा ३२ हजार ७३० जना महिला र २५ हजार ६३१...
नेकपा उमेदवार पक्राउ

नेकपा उमेदवार पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
पर्सा - नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। पर्सागढी नगरपालिका-२ मा नियमित चेकजाँचका क्रममा चौधरी सवार गाडी रोकेर हेर्दा बम जस्तो देखिने पदार्थ भेटिएपछि उनीसहित ४ जनालाई पक्राउ गरिएको एसपी सुदीप राज पाठकले जानकारी दिए। उनका अनुसार विष्फोटक पदार्थसहितको बम डिस्पोज गरिसकिएको छ। चौधरीसहित गाडीमा सवार ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पाठकले बताए। निर्वाचनको मौन अवधिमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले गस्ती अगाडि बढाएकोछ । थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिने प्रहरीले जनाएको छ।...
नेपाल डिजिटल युगमा प्रवेश: ‘हजुर AI’ सार्वजनिक, युवालाई सीधै कमाइको अवसर

नेपाल डिजिटल युगमा प्रवेश: ‘हजुर AI’ सार्वजनिक, युवालाई सीधै कमाइको अवसर

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
खेमराज भट्ट, काठमाडौ-नेपालको डिजिटल यात्रामा नयाँ सम्भावनाको उज्यालो झुल्किएको छ। स्वदेशमै विकास गरिएको, “नेपालीका लागि, नेपालीद्वारा निर्मित” डिजिटल प्लेटफर्म आगामी मार्च १, २०२६ देखि औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। प्रविधिको तीव्र विकाससँगै विश्व डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको बेला नेपालले पनि आफ्नै पहिचानसहित डिजिटल आत्मनिर्भरता सुदृढ गर्ने दिशामा महत्वपूर्ण पाइला चालेको विश्लेषण गरिएको छ। स्वदेशी सोच, आधुनिक प्रविधि-डिजिटल साथी को अवधारणासहित प्रस्तुत गरिएको यस एपले प्रयोगकर्तालाई एउटै प्लेटफर्मबाट बहुविध सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। नेपाली भाषा र परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको यो एपले प्रविधिलाई आम जनतासँग जोड्ने विश्वास लिइएको छ। डिजिटल संसारमा विदेशी सोसल मिडिया र एपहरूको वर्चस्व बढिरहेका बेला आफ्नै माटोको प्लेटफर्म सार्वजनिक हुनु राष्ट्रिय स्वाभिमा...
धनगढीमा गोली चल्यो, दुई जना प्रहरी घाइते

धनगढीमा गोली चल्यो, दुई जना प्रहरी घाइते

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ । मंगलबार साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दका अनुसार, प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो । उक्त झडपका क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुनेमा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे रहेको एसपी चन्दले बताए । उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा होली खेलेर बसेका उनीहरू मदिरा समेत सेवन गरिरहेको अवस्थामा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ ।...
नेकपा कञ्चनपुरका समावेसी उम्मेदवारत्रय बीना मगर, माध पन्त र मान बहादुर सुनारप्रति जनआकर्षण बढ्दै

नेकपा कञ्चनपुरका समावेसी उम्मेदवारत्रय बीना मगर, माध पन्त र मान बहादुर सुनारप्रति जनआकर्षण बढ्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - शन्न २१ फागुनमा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरका नेकपाले अघि सारेका तीनै उम्मेदवार समावेसी रहेका छन । सबै समुदाय, लिङ्ग समावेस गरेर नेकपाले अघि सारेका उम्मेदवारप्रति जनआकर्षण बढिरहेको हो । हालै देशभर फैलिएको जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनको मनोविज्ञानलाई आत्मसात् गर्दै नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रका लागि समावेशी र समुदायको प्रतिनिधित्व गर्ने उम्मेदवार चयन गरेको छ। पार्टीका केन्द्रिय सदस्य खेम पाण्डेयका अनुसार, जनताको मनोभावना स्थानीय नेतृत्व, वर्गीय तथा समुदायगत प्रतिनिधित्वलाई ध्यानमा राख्दै यसपटक योग्य र विविध पृष्ठभूमिका उम्मेदवारलाई अघि सारिएको हो। पाण्डेयले जनताले “मत गर्ने मन न्याय गर्ने पार्टी र उम्मेदवारतर्फ” मोडिएको यथार्थ बुझेर पार्टी नेतृत्वले सही निर्णय गरेको बताए। जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा नेप...
रामेछाप दुर्घटनामा मतदान अधिकृत खटाइएका शिक्षकको मृ’त्यु

रामेछाप दुर्घटनामा मतदान अधिकृत खटाइएका शिक्षकको मृ’त्यु

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ - रामेछापको दुर्घटनामा थप एकजनाको मृ'त्यु भएको छ। मृ'त्यु हुने मतदान अधिकृत छन्। यसअघि उक्त दुर्घटनामा एकजना प्रहरीको मृ'त्यु भइसकेको छ । दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ। रामेछापको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो। उनी रामेछाप नगरपालिका-३ स्थित मुगाटारस्थित रुद्राक्षश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। उनी निमावि द्वितीय तहका शिक्षक हुन्। यसअघि दुर्घटना स्थलमै असई पर्शुराम यादवको मृ'त्यु भएको थियो।...
डा दीपक प्रकाश भट्टको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय

डा दीपक प्रकाश भट्टको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा। दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए । नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै संघीय संसदमा निर्वाचित भएपछि डा. भट्टको पहलमा महाकाली अस्पतालमा पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक थप तथा सेवामा सुधार भयो । तर, शिक्षण अस्पतालको योजना भने कार्यान्वयनमा आउन सकेन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवार बनेका भट्टले यसपटक महाकाली अस्पताललाई देशकै पहिलो चिकित्सा विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । कैल...
एमाले प्रवेश गर्नेको लर्को

एमाले प्रवेश गर्नेको लर्को

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । आशन्न निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गर्नेहरूको लर्को लागेको छ । कञ्चनपुरमा शुक्रबार मात्रै ३२ भन्दा बढी स्थानीय विभिन्न दल परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । भीमदत्त नरगपालिका–०९ स्थित ब्रह्मदेव बजारमा आयोजित चुनावी कार्यक्रममा पूर्व प्रहरी सहायक निरीक्षक विनोद पाल, पूर्व माओवादीका दशरथ गिरीसहित दीपक चन्द, सुरज नाथ, जगदीश नाथ, किसन कुँवर, राजु विष्ट, विशाल कार्की, लोकेश चन्द, राजेश चुनारा, महेश चुनारा, डम्बर बहादुर कार्की, सुरेश लुहार, रोशन खड्का, गणेश लुहार, देवी नाथ, मनोज पाल, हिरा राम कोली, सुरज धामी, अस्मीन कार्की, प्रकाश पाल, हरि सिंह कार्की, अनिल साउद, नरेश रावल, दामोदर सिंह, पार्वती कार्की, राजेश नाथ, शंकर राम भुल, नैन सिंह रावतलगायत एमाले प्रवेश गरेका हुन् ।   नवप्रवेशीहरूलाई एमाले कञ्चनपुरका जिल्ला इन्च...
नेपालकै दुर्लभ सहस्त्रलिङ्ग बैतडी देवलहाट

नेपालकै दुर्लभ सहस्त्रलिङ्ग बैतडी देवलहाट

samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम
उद्धव सिंह - उपर्युक्त मुर्ति अतिरिक्त देवलहरुदेखि उक्त परिचपट्टि थोरै पर एउटा नाउलो पानी खाने कुवा माथि कलात्मक शिवलिङ्ग छ। उक्त शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गका अाकृतिहरु कुँदिएका छन्। जसलाई स्थानीय वासिन्दाहरुले सहस्र लिङ्ग भन्ने गर्दछन् । यो लिङ्ग 1.90 मिटर परिधि रहेको पीठमाथि प्रतिस्थापित छ। यसको लिङ्ग भाग मात्र 50 से.मी. देखि परिधि र पीठिकादेखि माथिको भाग 26 से.मी.रहेको छ। लिङ्ग माथि पन्ध्र वटा तेस्रो रेखामा ऋमबद्ध रुपमा स सानो लिङ्ग खोपिएको छन्। पाण्डवहरुले यो शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गको आकृति कुदिएको छन् जो भगवान् शिवको 1008वटा यह नाम एवम् स्वरुपको प्रतिक हो । प्रारम्भमा यो शिवलिङ्ग त्यहाँका सातवटै देवलहरुमध्ये कुनै एउटा एउटा प्रतिस्थापन गरिएको हुन सक्ने देखिन्छ उक्त शिवलिङ्ग कहिले कसले स्थानमा गरेको हो त्यसका बारेमा सुचना दिने ऐतिहासिक प्रमाण प्राप्त हुन सकेको छैन ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज