Advertisement

samachar

लागुऔषध कारोबार गर्दै गर्दा चार जना पक्राउ

लागुऔषध कारोबार गर्दै गर्दा चार जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर  - लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार कृष्णपुर नगरपालिका वडा नं २ का लाल बहादुर सुनार, हेमराज जोशी, बेदकोट नगरपालिका ७ कञ्चनपुरका बिमल पाण्डेय र धनगढी उप महानगरपालिका ५ कैलालीका अशोक पाण्डेयलाई ३० दशमल १३ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । उनीहरूलाई कृष्णपुर २ वाणी बाट लागूऔषध कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट ५ थान मोबाइल, एक स्कोर्पियो गाडी पनि बरामद गरेको छ । लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी बिट बाणीको संयुक्त टोलीले उक्त सफलता हात पारेको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता रावतले बताए ।...
पत्रकार खेम भण्डारी कारागार चलान, अदालतद्धारा कैद मिलानको माग अस्वीकार

पत्रकार खेम भण्डारी कारागार चलान, अदालतद्धारा कैद मिलानको माग अस्वीकार

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बरिष्ठ पत्रकार खेम भण्डारीलाई कारागार चलान गरीएको छ । गाली बेइज्जती मुद्दामा अदालतको फैसला कार्यान्वयनका क्रममा बिहीबार बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरेका उनलाई कारागार चलान गरीएको हो । जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई २०८२÷०२÷०१ गते १ महिना कैद सजाए र १० हजार जरिवानाको फैसला सुनाएको थियो । भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम रकम बुझाई कैद मिलान गरिपाऊँ भन्दै कानुन व्यवसायीमार्फत कञ्चनपुर जिल्ला अदालतमा निवेदन दिएका थिए । तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त माग अस्वीकार गरेपछि उनलाई कारागार चलाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए । ओझाका अनुसार रकम बुझाएर कैद मिलान गर्ने व्यवस्था पहिलोपटक कैद सजाय पाएका प्रतिवादीका हकमा मात्र लागू हुने कानुनी प्रावधान छ। भण्डारी यसअघि पनि ...
पत्रकार कुँवर ५ हजार धरौटी बुझाएर थुनामुक्त

पत्रकार कुँवर ५ हजार धरौटी बुझाएर थुनामुक्त

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –पत्रकार ऐश्वर्या कुँवरलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा छाडेको छ । प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले ५ हजार रुपया धरौटीमा छोड्न आदेश दिएपछि पत्रकार कुवर सोमबार धरौटीमा छुटेकी हुन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले कुँवर धरौटी बुझाएर छुुटेको जानकारी दिए । प्रजिअको आदेशपछि प्रहरीले उनलाई थुनामुुक्त गरेको हो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि भन्दै थप ३ दिन हिरासतमा राख्न माग गरेता पनि अदालतले अनुमति दिएन । प्रहरीले कुँवरलाई आठ दिन हिरासतमा राखेर अनुुसन्धान गरेको थियो । पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिन म्याद थप गरेका थियो । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटालाई महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा रिर्पोटिङ गर्न पुगेकी कुँवरले माहोल विग्रिएपछि आक्रोसित हुदै हातपात गरेकी थि...
भृकुटी माविमा अध्ययन गरेका १२ विद्यार्थी सरकारी सेवामा प्रवेश गर्दै

भृकुटी माविमा अध्ययन गरेका १२ विद्यार्थी सरकारी सेवामा प्रवेश गर्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महेन्द्रनगरको मुटुमा रहेको भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरमा अध्ययन गरेका १२ विद्यार्थीले लोक सेवाले लिएको परिक्षा उत्तिर्ण गरेका छन् । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि २०८१/०८२ मा खोलेको विज्ञापन अन्तरगत भृकुटी मावि महेन्द्रनगरबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग अध्ययन गरेका १२ जनाले पाचौ तहमा एकै पटकमा नाम निकाल्न सफल भएका हुन । उनीहरुले लोकसेवाद्धारा लिईएको परिक्षाको अन्तिम चरण अन्तरवार्ता पास गरी पोष्टिङको तयारीमा रहेको विद्यालयका ईन्जिनियरिङ्ग संकायका संयोजक चक्र बहादुर महराले बताए ।   ‘यसै विद्यालयबाट तिन बर्षे डिप्लोमा तहको ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढेका १२ जना विद्यार्थीले यस बर्ष नेपाल विद्युत प्राधिकरणमा नाम निकाल्न सफल भएकाछन्,’ उनले भने ‘अभिल्लो बर्षपनि १३ जनाले नाम निकालेर विद्युत प्राधिकरणको विभिन्न वितरण केन्द्रहरुमा का...
बेलौरीमा नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान, सात बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर

बेलौरीमा नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान, सात बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– बेलौरी नगरपालिकाले नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ । “म स्वस्थ, मेरो समुदाय स्वस्थः स्वस्थ बेलौरी, समृद्ध बेलौरी” भन्ने नारा सहित आइतबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, शिक्षक, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला समूह, कृषि समूह, भलमन्सा तथा बाल क्लब लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका छन् । कार्यक्रममा सहभागीहरूले नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि व्यक्तिगत, संस्थागत तथा सामूहिक रूपमा सातबुँदे प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका छन् ।   प्रतिबद्धतामा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बहिष्कार, नुन–चिन...
पूर्व सुचना प्रणालीबारे कसरी थाहा पाउने ? तटिय क्षेत्रका महिलालाई तालिम

पूर्व सुचना प्रणालीबारे कसरी थाहा पाउने ? तटिय क्षेत्रका महिलालाई तालिम

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–महाकाली नदी तटीय क्षेत्रमा रहेका महिला सशक्तिकरण समुहका सदस्यहरुलाई पुर्व सुचना प्रणाली सम्बन्धी तालिम प्रदान गरिएको छ । भीमदत्त नगरपालिका ९, ११, १२ र १३ तथा दोधारा चा“दनी नगरपालिका ९ मा रहेका महिला सशक्रिकरण समुहका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो । वाटर एडको आर्थिक सहयोगमा निड्स नेपालको पानीका लागि न्याय कोष परियोजना अन्तरगत महिलाहरुलाई तालिम प्रदान गरिएको हो । तालिमा २० जना भन्दा बढी महिलाहरु सहभागी थिए । तालिम बिहीबार समापन गरिएको हो । तालिममा पुर्व सुचना प्रणालीसंगै बाढीजन्य विपदको पूर्व तायारी सम्बन्धी जानकारीहरु प्रदान गरिएको थियो ।  ...
बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाख बराबरको बजेट ल्यायो

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाख बराबरको बजेट ल्यायो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु। ९४ करोड ५५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सत्रौँ नगर सभा अधिवेशनमा नगर उपप्रमुख जोगराम चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, रोजगार सिर्जना, सामाजिक सुरक्षा, सुशासन तथा सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । नगरपालिकाले उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै समावेशी तथा सन्तुलित विकासको लक्ष्य लिएको जनाएको छ । वडागत बजेट विनियोजन बेलौरी नगरपालिकाले १० वटै वडाका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ । वडा नं. १ : २४ लाख १० हजार रुपैयाँ वडा नं. २ : ३४ लाख १० हजार रुपैयाँ वडा नं. ३ : २५ लाख १० हजार रुपैयाँ वडा नं. ४ : ३५ लाख १० हजार रुपैयाँ वडा नं. ५ : ३३ लाख १० हजार रुपैयाँ वडा नं. ६ : ३२ लाख १० हजार रुपैयाँ वडा न...
बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३/०८४ का लागि बेदकोट नगरपालिकाले एक अर्ब, तीन करोड, ५६ लाख, ३६ हजार, ६७रुपैया बराबरको बजेट ल्याएको हो । आन्तरिक आय तर्फ १०करोड, ५० लाख प्रक्षेपण गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु। १४ करोड ६७ लाख राजश्व बाँडफाडबाट रु।१३ करोड ५५ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालु तर्फ कूल रु। २५ करोड ९९ लाख र सशर्त पूँजीगत तर्फ रु। ६७ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु।२ करोड ५० लाख, संघीय समपुरक अनुदान रु। २ करोड ५९ लाख, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु। १ करोड ४१ लाख ३५ हजार, प्रदेश बिशेष अनुदानमा मा रु। ४६ लाख र समपुरक अनुदान अन्तर्गत प्राप्त रु। ४८ लाख ८ हजार सवारी साधन कर बाँडफाँड शिर्षकमा प्राप्त रु। ६३ लाख ३६ हजार प्रदेश सशर...
दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दोधारा – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं २ कमलशा टोलमा जनप्रतिनिधिको सक्रियता र पहलमा ट्रानसफर्मर जडान गरीएको छ । उक्त ट्रान्सफार्मरमा बिद्युत भोल्टेज कम भई बारम्बार फ्युज उड्ने र कम भोल्टेज हुदा गर्मीमा स्थानियलाई सिचाईको समस्या पर्दै आईरहेकोमा वडा अध्यक्ष पदम सिंह रावल, सदस्य मनकला खनाल पुजारालगायतका जनप्रतिनिधिले सक्रियरुपमा पहल गर्दा विद्युत कार्यालयले ट्रान्सफर्मर जडान गरीएको हो । फ्युज उड्दै जादा ट्रान्सफारमरमा खरावी आएको बिषयलाई बिद्युत प्राधिकरणले गम्भीरताका साथ लिन बिद्युत प्राधिकरणलाई आग्रह गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम सिंह रावलले बताए । बिद्युत कार्यालयमा पहल गरेपछि प्राधिकरणले उक्त स्थानमा बढी क्षमता भएको बिद्युत ट्रान्सफार्मर जडान गरेको छ । बढी क्षमताको बिद्युत ट्रान्सफारमर जडानपछि स्थानीय खुसी छन् ।  ...
बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १९औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, सेवा प्रवाहमा सहजता तथा दिगो विकासलाई केन्द्रमा राख्दै गाउँपालिकाले बजेट ल्याएको हो । गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभा अध्यक्ष हरिशचन्द्र रानाले बजेटका प्राथमिकता सार्वजनिक गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आगामी वर्षको मुख्य आधार बनाइएको बताउनुभयो । उहाँले प्रस्तुत बजेटले समृद्ध बेलडाँडी निर्माणको दीर्घकालीन आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । गाउँ सभामा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथद्वारा प्रस्तुत बजेट वडा नं। ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज