Advertisement

राजनीति

नेकपा एमालेको दशौँ महाधिवेशन मङ्सिरमा

नेकपा एमालेको दशौँ महाधिवेशन मङ्सिरमा

राजनीति
काठमाडौँ ।  नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । यस्तै, आगामी असोज ४, ५ र ६ गते विधान अधिवेशन गरिने भएको छ । महाधिवेशन र विधान अधिवेशन दुवै काठमाडौँमा नै आयोजना गरिने प्रवक्ता ज्ञवालीको भनाइ छ । यस्तै, अर्को पार्टी बनाउने तयारीमा रहनुभएका माधव नेपालसहितका नेता तथा कार्यकर्तालाई पार्टी एकतामा आउन बैठकले आह्वान गरेको छ । बैठकले पार्टीका सबै निकायलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिइएको छ । गत असार २७ गतेको १० बुँदे सहमतिका आधारमा क्रियाशील हुन सबै निकायलाई निर्देशन दिइएको सो पार्टीले जनाएको छ । यस्तै, १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष भीम रावल,...
आयोगले दुई दललाई सनाखतका लागि बुधबार बलायो

आयोगले दुई दललाई सनाखतका लागि बुधबार बलायो

राजनीति
काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ ।     आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । ...
नेकपा (एकीकृत समाजवादी) ले जबज नै मान्ने

नेकपा (एकीकृत समाजवादी) ले जबज नै मान्ने

राजनीति
काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज)का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ ।नेकपा (एमाले)बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।सो पार्टीको विधानमा पार्टीको राणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै शोषण, उत्पीडन र विभेद्को अन्त्य गर्दै समानतासहितको स्वतन्त्रतामा पुग्न सकिने विश्वास गरिएको छ । विधानमा शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक सामाजिक रुपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु पार्टीको तात्कालीन लक्ष्य रहेको जनाइएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सो पा...
कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गर्नुभएको छ ।कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले आज सो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिनुभएको पार्टी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाउनुभएको थियो । यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच सोमबार राति कांग्रेसल...
माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता भई अगाडि बढ्ने

माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता भई अगाडि बढ्ने

राजनीति
काठमाडौँ  ।  नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो । एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने माओवादीले निष्कर्ष निकालेको छ । विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको माओवादीले जनाएको छ । बैठकले पार्टीका विभागीय प्रमुख तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठल...
वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

राजनीति
काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्र बमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न आज सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेको छ ।     गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।     एमालेले राजनीतिक दल सम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरेकाले कानून बमोजिम कारबाही नगरिए प्रतिरोध गर्ने जनाइ दिइएको सभामुखसँगको भेटपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो ।     एमालेले जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, न...
सर्वोच्च अदालतमा राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध ६ वटा रिट दर्ता

सर्वोच्च अदालतमा राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध ६ वटा रिट दर्ता

राजनीति
काठमाडौँ । सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै ६ थान रिट निवेदन दायर गरिएको छ । अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो ।     सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राजनीति दलसम्बन्धी अध्यादेश विरुद्ध छ वटा रिट निवदेन संवैधानिक इजलासमा दर्ता भएको छ । त्यसको सुनुवाइ यही भदौ ११ गते शुक्रबारका लागि तोकिएको छ । दल विभाजन सम्बन्धी अध्यादेश बुधबार राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको थियो । यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नु पर्ने व्यवस्था थियो । नयाँ अध्यादेशमा केन्द्रीय कमिटी वा संस...
नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक  सम्पन्न

नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक सम्पन्न

राजनीति
भक्तपुर । नेपका माओवादी केन्द्र हिलेदेबी काठमान्डौ सम्पर्क मन्चको भेला तथा बैठक हिजो भक्तपुरको सुर्यबिनायक स्थित माउन्टेन कन्सल्टेन्सिको सभाहलमा सम्पन्न गरिएको छ। कार्यक्रमका सभाध्यक्ष एवं हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष रोज थिङ, प्रमुख आतिथ्य नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, बागमती प्रदेश सचिवालय सदस्य धाव  लामा,  बागमती प्रदेश सदस्य टंकलाल घिसिङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, सुनापति गाउँपालिका ३ नंं. वडा कमिटी अध्यक्ष कुलबहादुर थिङ, लगायतका नेताहरु उपस्थिति रहेको थियो।भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद श्याम श्रेष्ठले केपी ओली गुटका हल्लाखल्ला र भुलभुलैयामा हिड्ने साथीहरुलाई मुतको न्यानो भन्छन् मुतको न्यानो हो कि क...
सुनापतिको ५ वडामै नेकपा माओवादीको जित सुनिश्चित गर्छौं: अध्यक्ष थिङ

सुनापतिको ५ वडामै नेकपा माओवादीको जित सुनिश्चित गर्छौं: अध्यक्ष थिङ

राजनीति
सुनापति । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक ह्योल्मको प्रमुख आतिथ्यमा बुधबार हिलेदेवीमा सम्पन्न सुनापति गाउँपालिका  ३ नंं. वडा कमिटी गठन भेलाले अध्यक्षमा कुलबहादुर थिङ, सचिवमा रोज बहादुर लामा  ह्योल्मो सहित २९  सदस्यीय वडा कमिटी गठन सम्पन्न गरिएको छ। ३ नंं. वडा कमिटी गठन भेलामा बोल्दै नेकपा माओवादी केन्द्रका ३ नंं. वडा कमिटी अध्यक्षमा कुलबहादुर थिङले आफ्नो काधमा २ वटा जिम्मेवार जनताले दिएकोले आफू सो जिम्मेवार पुरा गरि आगामी स्थानीय चुनावमा सुनापतिलाई पहिलोको जस्तै ५ वडामै नेकपा माओवादी केन्द्रको जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्यक्ष थिङ निर्वाचित वडा सदस्य समेत रहेको छ। त्यसैगरी  नेकपा माओवादी केन्द्रको गाउँकमिटी सदस्य एवं ३ नंं. वडा कमिटी सचिव रोज बहादुर योल्मोले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएकोमा पार्टीको विधान नीति बमोजिम पाटीको संघसंगठन मजबुत बनाउने प...
नेकपा माओवादी  सुनापति गाउँपालिकाको  ३ नंं. वडा कमिटी गठन सम्पन्न, अध्यक्ष थिङ

नेकपा माओवादी सुनापति गाउँपालिकाको ३ नंं. वडा कमिटी गठन सम्पन्न, अध्यक्ष थिङ

राजनीति
सुनापति । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको  ३ नंं. वडा कमिटी गठन भएको छ।आज बुधबार नेकपा माओवादी केन्द्र  ३ नंं. वडा संयोजक कुल बहादुर थिङको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको युवा नेता एवं सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङले सुनापति न्युज डटकमलाई बताउनुभयो ।अध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा २९ सदस्यीय वडा कमिटीको सचिवमा रोज लामा ह्योल्मो सर्वसम्मतिले चयन भएको बताउनुभएको छ।कार्यक्रमका प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र ) को जिल्ला सदस्य दिपक ह्योल्मो, माओवादी केन्द्र जिल्ला सदस्य एवं सुनापति गाउँपालिका संयोजक ठुलो कान्छा तामाङ, श्रम तथा रोजगार विभाग सदस्य दीपक मोक्तान, बागमती प्रदेश उद्योग तथा वाणिज्य विभाग युवराज श्रेष्ठ, सुनापति गाउँपालिका सचिबलय सदस्य बाबुराम तामाङ, हिलेदेवी काठमाडौ सम्पर्क मञ्चका संयोजक रोज थिङ, लगायतका नेताहरु उपस्थिति रहेको ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज