डा दीपक प्रकाश भट्टको परिकल्पनाले सुदूरपश्चिमले पायो देशकै पहिलो चिकित्सा विश्वविद्यालय
महेन्द्रनगर - २०७४ सालको संघीय निर्वाचनमा कञ्चनपुर–३ बाट नेकपा एमालेका उम्मेदवार डा। दीपक प्रकाश भट्टले तत्कालीन महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारे । चुनावी प्रतिबद्धताअन्तर्गत उनले अस्पतालको भौतिक पूर्वाधार सुधार गर्दै विशेषज्ञ सेवा विस्तार गरी अध्ययन–अध्यापन सुरु गर्ने लक्ष्य सार्वजनिक गरेका थिए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पराजित गर्दै संघीय संसदमा निर्वाचित भएपछि डा. भट्टको पहलमा महाकाली अस्पतालमा पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक थप तथा सेवामा सुधार भयो । तर, शिक्षण अस्पतालको योजना भने कार्यान्वयनमा आउन सकेन ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवार बनेका भट्टले यसपटक महाकाली अस्पताललाई देशकै पहिलो चिकित्सा विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । कैल...




















