महेन्द्रनगर – कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सम्पन्न भएको छ।
कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२ प्रतियोगिता शनिवार सम्पन्न भएको छ।
शनिबार भएको फाइनल खेलमा भीमदत्त नगरपालिकाले ४२-२१ को अंकले बेदकोट नगरपालिका लाई हराउदै उपाधी जितेको छ। बेदकोट नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगिताको तेस्रो स्थान कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका भएका छन्। विजेता र उपविजेता टिम र तेस्रो भएको टिमलाई ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन समारोहका सभापतित्वमा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरिएको हो।
कार्यक्रमका विशिष्ट अतिथि कबड्डि संघ केन्द्रीय सचिव तर्क राज भट्ट, भीमदत्त नगरपालिका वडा न.१० का अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष महेश चन्द, कञ्चनपुर जिल्ला खेलकुद बिकास समिति पुर्व अध्यक्ष, कृष्ण देव पन्त, अतिथिमा भीमदत्त नगर खेलकुद अध्यक्ष सरोज चन्द, बेदकोट नगर खेलकुद अध्यक्ष प्रजापति भट्ट जिल्ला खेलकुद समितिका कार्यसमिति पदाधिकारी, विभिन्न खेलकुद संघका प्रमुख, निर्णायक लगायत खेलाडी खेल प्रेमीहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रम सञ्चालन कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले गरेका थिए ।

प्रतियोगिता असार २० गतेबाट सुरु भएको थियो । प्रतियोगितामा भीमदत्त, पुनर्वास, कृष्णपुर, शुक्लाफाँ, बेदकोट नगरपालिका र लालझाडी गाउँपालिका गरि जिल्लाका ६ पालिकाका महिला टिमको सहभागिता रहेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।