अन्तरपालिका कबड्डी प्रतियोगिताको उपाधी भिम्दत्तलाइ
महेन्द्रनगर - कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता सम्पन्न भएको छ।
कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा "स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद" भन्ने मुल नराका साथ कञ्चनपुर जिल्ला अन्तर पालिका भीमदत्त महिला कबड्डी प्रतियोगिता- २०८२ प्रतियोगिता शनिवार सम्पन्न भएको छ।
शनिबार भएको फाइनल खेलमा भीमदत्त नगरपालिकाले ४२-२१ को अंकले बेदकोट नगरपालिका लाई हराउदै उपाधी जितेको छ। बेदकोट नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ। प्रतियोगिताको तेस्रो स्थान कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका भएका छन्। विजेता र उपविजेता टिम र तेस्रो भएको टिमलाई ट्रफि प्रमाणपत्र मेडल प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन समारोहका सभापतित्वमा कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यता...












