नयाँ खबर
महेन्द्रनगर – नेपाल पत्रकार महासंघ जिल्ला शाखा कंचनपुरका उपाध्यक्ष धर्मा रोकायाले आफ्नो जन्मदिन फरक तरीकाले मनाएका छन् । उपाध्यक्ष रोकायाले यस बर्षको जन्मदिन सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनको अवसरमा पत्रकार कल्याण कोषको स्थापनार्थ नगद ६ हजार ६ सय ६६ रुपया आर्थिक सहयोग गरेका छन् । उक्त रकमको चेक पत्रकार महासंघको भवनमा महासंघका अध्यक्ष सुरेश सिंह धामी, सचिव कुन्दन पाण्डेय र कोषाध्यक्ष मोहन विष्टलाई सयुक्तरुपमा हस्तान्तरण गरीएको छ ।
पवित्र भावनाका साथ महासङ्घले पत्रकारहरूको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ आफुले सकेको सहयोग गरेको उनले बताए । ‘जन्मदिनको अवसरमा खालि फजुल खर्च गर्नुभन्दा समाजिक कार्यमा सहयोग गर्नुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने, ‘समाजका पछाडि परेका बर्गका आवाज उठाउने पत्रकारका पिडा कसैले पनि नबुझ्ने तर पत्रकारहरुमा पिडा आफुले उठाउने गरेका बर्गका भन्दा बढि पिडा हुने गरेको आफुले प्रत्यक्ष देखेको भएकाले मैले फजुल खर्च गर्नुभन्दा कोषस्थापनार्थ सहयोग गरेकी हु ।’
उनले अरुलाई पनि कोष स्थापनार्थ सहयोगका लागि अपिल गरेका छन । ‘हामी तपाईले नै हो परेको बेला सहयोग गर्ने, त्यस कारण म सबैलाई के अपिल गर्छु भने पत्रकारहरु आफ्नो र परिवारको जीवनको प्रवाह नगरी समाजका हरेक विषय उठान गरीरहेका हुन्छन तर पनि उनीहरुलाई समस्या पर्दा कसैले पनि सहयोग गरेको देखिदैन,’ उनले भने, ‘त्यसकालाई अलिअलि गरेर सबै मिलेर सहयोग गरी पत्रकार राहद कोषको स्थापना गरौ, यस्तो पुण्यको कार्यमा तपाई हामी नचुकौ, सक्दो सहयोग गरौ ।’
नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकार महासङ्घले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका उपाध्यक्ष धर्मा रोकायाले सहयोग गरेकोमा उपाध्यक्ष रोकायालाई धन्यवाद ज्ञापन सहित जन्मदिनको शुभकामना व्यक्त गरे ।
अध्यक्ष धामीले अन्य व्यक्तिहरूले समेत पत्रकार कल्याण कोषमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकोले सबै सहयोग हुने आशा व्यक्त गरेका छन ।
कञ्चनपुरमा सञ्चारकर्मी पत्रकारहरूलाई घटना, दुर्घट्ना, गम्भीर रोगको उपचार गर्नु पर्ने समयमा थोरै भएपनि पत्रकार कल्याण कोषको ब्याज रकम बाट आर्थिक सहयोग गर्ने मनसायले पत्रकार कल्याण कोष कञ्चनपुरको स्थापना गर्न लागेको अध्यष धामीले बताए ।
‘पत्रकारहरू कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुँदा आर्थिक समस्याको मारमा पर्ने गरेको र तत्काल आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भएपनि पत्रकार कल्याण कोषको स्थापना गरि आर्थिक सहयोग गर्ने मनसायले महासङ्घ शाखा कञ्चनपुरले कल्याण कोषको स्थापना गर्न लागेको हो,’ महासङ्घ शाखा अध्यक्ष धामीले भने । पत्रकार कल्याण कोषमा आर्थिक जुटाउने कार्य तिब्ररुपमा अगाडि बढाईएको कोषाध्यक्ष मोहन विष्टले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।