Advertisement

लोकसेवा आयोग जाने सडक जलमग्न, महत्वपूर्ण कागजात उच्च जोखिममा

महेन्द्रनगर– भीमदत्त नगरपालिकामा एसियाली विकास बैंक(एडिबि)को परियोजना–२ को लागि १८ वटा सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । भीमदत्त नगरपालिका भित्र पर्ने १८ वटा सडक कालोपत्र गर्न छनौट भएका छन् । तर नेपाल सरकारको अर्धस्वामित्व देखि पुर्ण स्वमित्व भएका कार्यालयमा दक्ष, योग्य र समयानुकुल मेनपावर पदपूर्ति गर्दै आईरहेको कार्यालय लोकसेवा आयोग जाने सडक कालोपत्र गर्नका लागि छनौट हुन सकेन् । छनौट पनि कसरी होस त ? जनप्रतिनिधिलाई जहाँ भोट दिने मान्छे हिड्दैनन् भन्ने लागेसी । तर लोक सेवा आयोग कञ्चनपुर जानेबाटो कालोपत्र गर्नुपर्ने अनिवार्यता भए पनि भीमदत्त नगरपालिकाले उक्त सडकलाई नत कालोपत्रे गर्ने सोच बनाएको छ नत त्यस सडकमा आउने ढल व्यवस्थापन गर्ने योजना नै निर्माण गरेको देखिन्छ । लोक सेवा आयोग कार्यालय कञ्चपुरका प्रमुख बाबुकृष्ण ढकालले उक्त सडक कालोपत्रेका लागि विभिन्न सरोकारवाला कार्यालयका ढोका घचखच्याए पनि कसैले नसुनेको गनासो पोखे । गएको शुक्रबार उहाले भीमदत्त नगरापालिकाका कार्याालय प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई सडकको समस्याको बारेमा राखेको बताए । आधा दर्जन बढी सरकारी कार्यालयले प्रयोग गर्ने बाटो वर्षौ अघि कालोपत्रे गरिएको थियो । कालोपत्रे टुटफुट भएपछि बाटोमा छरपष्ट गिट्टी र बालुवाले आवागमन अप्ठेरो बनाएको छ । ‘यो बाटो मर्मत होस भनेर कार्यालय अन्य निकायसित सहयोग मागि रहेको छ, हालसम्म कही कतैबाट सहयोग हुन सकेको छैन’ कार्यालय प्रमुख ढकालले भने । आयोगका कार्यालयका कम्युटर अपरेटर अनिल चन्दले बाटोका कारण ज्यान जान सक्ने चिन्ता बढेको बताए । ‘यो बाटो भएर प्रहरीका गाडीहरु दैनिक रुपमा चलि रहेका हुन्छ, कुनै दिन ती गाडीका कारण ढुङ्गा उछिट्टिएर चोट पटक लागेर ज्यान पनि जान सक्छ’ उनले भने,‘गाडी मोटरसाइकल चलाउन निकै अप्ठेरो छ ।’ जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिलको कार्यालय आउजाउ गर्न प्रहरीले यहीं बाटो प्रयोग गर्दै आएको छ । यो सडकमा बर्खा याममा बाढी आउने र कार्यालभित्रै पस्ने गरेको छ । आईतबारदेखि परेको पानीले कार्यालय परिसरमै बाढि आएको छ । गत वर्ष पनि बाढी कार्यालयमभित्र पसेर कम्प्यटुर, कागजात, कार्पेट लगायतका समानमा क्षति पुगेको थियो । यस बर्ष पनि विभिन्न प्रकारका सेवा सुविधा माथिल्लो तलाबाट भईरहेको छ । कार्यालयभित्र पस्ने बाढी रोक्न र सहज आवागमनका लागि नाली सहित बाटो मर्मत गरिनु पर्ने आवश्यकता भएको कार्यालय प्रमुख ढकालले बताए । कार्यालय प्रमुख ढकाल सहित सबै कर्मचारीको कार्यकक्ष कार्यालयको तल्लो तलामा छन् । गत वर्ष कार्यकक्षमा बाढी पसेपछि उनले कार्यकक्षमा जान सकेनन् । पानी निकास भएपछि मात्रै उनी कार्यकक्ष गएका थिए । कार्यालय प्रमुख ढकाल बाटो मर्मतका लागि भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय हुँदै धनगढीको स्थानीय पूर्वाधार आयोजनासम्म पुगि सकेका छन् । लोक सेवा कार्यालयले कार्यालयमा जाने उच्च सरकारी अधिकारीसित बाटो मर्मतका लागि नबिराई आग्रह गर्र्दै आएको छ । कार्यालयले कञ्चनपुरका यस अघिका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई पनि बाटो मर्मतका लागि आग्रह गरेका थिए । सापकोटाले बाटो मर्मतमा सहयोग गर्ने आश्वासन दिएको कार्यालयका कर्मचारीले बताए । उनले मर्मतका लागि अन्य सरकारी निकायसित कुराकानी समेत गरेका थिए । सापकोटापछि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा लक्ष्मण ढकाल आएका छन् । कार्यालय प्रमुख ढकाललाई बाटो मर्मत सम्बन्धि कुराकानी गर्न नसकिएको कार्यालय बताउँछ । प्रमुख जिल्ला अधिकारी ढकाल २०६६ मा तत्कालिन कञ्चनपुर जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी भएका थिए । पूर्वाधार विकास कार्यालयको जवाफले लोक सेवा आयोग कार्यालयको चित्त सबैभन्दा बढी दुखेको छ । पूर्वाधार विकास कार्यालयले बाटो प्रदेश मातहत पर्ने नभएकाले मर्मत गर्न नसकिने जवाफ दिएको थियो । त्यसपछि कार्यालय प्रमुख ढकाल संघ सरकार मातहतको स्थानीय पूर्वाधार आयोजना कार्यालय धनगढी पुगेका हुन् । धनगढी पुगेर पनि सफलता हात नलागेका उनले भने,‘हामी पो संघ सरकार मातहत हो, बाटो त सबैले हिँडने हो, पूर्वाधार विकास कार्यालयले संघको बाटो भएकाले बनाउन सक्दैनौ भन्यो ।’ कार्यालय प्रमुख ढकाल बाटो मर्मतका लागि आफैं चिठी बोकेर पूर्वाधार विकास कार्यालय पुगेका थिए । पूर्वाधार विकास कार्यालयमा योगेन्द्र अधिकारी कार्यालय प्रमुख छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज