Advertisement

भारतबाट उद्धार गरिएकालाई गन्तव्य स्थानमा जान यातायात व्यवसायीले गरे सहयोग

महेन्द्रनगर–भारतबाट उद्धार गरी ल्याईएकालाई घर पठाईएको छ । बिहीबार विभिन्न यातायात कम्पनीको सहयोगमा पिडितहरुलाई सम्बन्धित जिल्लातर्फ पठाइएको हो । नेपाली दूतावास, भारतीय प्रहरीलगायतको पहलमा उनीहरुलाई भारतको उत्तराखण्ड प्रदेशको रुद्रपुर र काशीपुरबाट उद्धार गरी बुधबार महेन्द्रनगर ल्याईएको थियो ।

उद्धार गरीएकामध्ये १० जना धनगढी, ९ जना नेपालगञ्ज, २१ जना काकडभिट्टा, २ जना पोखरा, १ जना बुटवल(दाङ), १५ जना काठमाण्डौ जाने सार्वजनिक यातायातमा पठाईएको छ । पवनदुत सार्वजनिक सेवा प्रा लि, सुनौलो यातायात कम्पनी प्रा लि, शुक्लाफाटा यातायात प्रा लि, पवनदुत अटो मेनेजमेन्ट प्रा लि, ब्लु सगरमाथा यातायात प्रा लि, नेपाल यातायात स्वतन्त्र मजदुर सङघको संयुक्त व्यवस्थापनमा उनीहरुलाई घरसम्म जाने व्यवस्था मिलाईएको हो ।

 

सबै जनाको भाडा जोड्दा एक लाख ३६ हजार हुन्छ । त्यो सबै सयुक्त व्यवस्थापन समितिले मिलाईदिएको हो । सयुक्त व्यवस्थापन समिति अन्तरगत पवनदुत सार्वजनिक सेवा प्रा लि, सुनौलो यातायात कम्पनी प्रा लि, शुक्लाफाटा यातायात प्रा लि, पवनदुत अटो मेनेजमेन्ट प्रा लि, ब्लु सगरमाथा यातायात प्रा लि, नेपाल यातायात स्वतन्त्र मजदुर सङघ रहेका छन् ।

उनीहरु कसरी बन्धक बने ?

आकर्षक काम र पारिश्रमिक दिने प्रलोभन देखाएर रुद्रपुर र काशीपुर बोलाई उनीहरुलाई बन्धक बनाईएको थियो । उद्दार गरीएका ५७ जनाबाट जनही २३ हजार भारु असुलेका थिए ।
उनीहरुमध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुमका र पाँचथरका ४÷४, दाङ, स्याङ्जा र बाँकेका ३/३ जना, ताप्लेजुङ, डोटी र धादिङका २/२ जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका १/१ जना रहेका छन् । महेन्द्रनगरमा उनीहरूको बसोबास र खानाको व्यवस्थापन कञ्चनपुर उद्योग वाणिज्य संघले गरेको थियो ।

केही महिनाअघि ताप्लेजुङका सोम लिम्बुको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरू त्यहाँ बन्दक भएको घटना बाहिर आएको थियोे।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज