Advertisement

पुनर्वास नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट पारित

सुरज श्रेष्ठ, महेन्द्रनगर– पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ७७ लाख १८ हजार ६१ रुपैयाँको बजेट पारित गरेको छ।

 

नगर सभाको बैठकमा मंगलबार, २०८२ असार १० गते, प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८२ मा उक्त बजेट प्रस्ताव गरिएको हो। नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम प्रस्तुत गरिएको बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोतलाई प्रमुख आयको रूपमा देखाइएको छ।

कुल बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु. १४ करोड ९३ लाख, सशर्त अनुदानतर्फ रु. २८ करोड ६८ लाख, र राजस्व बाँडफाँडबाट रु. १२ करोड ७० लाख १३ हजार ६१ प्राप्त हुने अनुमान छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रु. १ करोड ४२ लाख ३ हजार, विशेष अनुदान रु. ४५ लाख, समपुरक अनुदान रु. ६९ लाख, र सवारी साधन कर बाँडफाँडबाट रु. ८५ लाख २ हजार प्राप्त हुनेछ। नगरपालिकाले आन्तरिक राजस्वबाट रु. ४ करोड ३० लाख र अनुमानित अल्या भई आउने रु. ९ करोडसहितका आन्तरिक आयको अनुमान गरेको छ।

 

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। बजेटमा शिक्षा क्षेत्रका लागि रु। २ करोड, स्वास्थ्यका लागि रु. १ करोड, कृषि विकास शाखाका लागि रु। ८० लाख, र पशु विकास शाखाका लागि रु. ६० लाख विनियोजन गरिएको छ। हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशुमा आधारित युवा उद्यमशीलता कार्यक्रमका लागि थप रु। १ करोड छुट्याइएको छ। यसैगरी नगर स्तरीय योजनाका लागि रु. ४ करोड, क्रमिक रूपमा रहेका योजनाका लागि रु. ५ करोड ५० लाख, र समपुरक कोषका लागि रु। ५ करोड विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ युवा तथा खेलकुदका लागि रु। २५ लाख र विपद् व्यवस्थापनका लागि रु. ४० लाख बजेट विनियोजन भएको छ।

नगरपालिकाले ११ वटै वडाहरुका लागि योजनागत पुँजीगत खर्च(सिलिङ) समेत तोकेको छ। जसअनुसार वडा नं. १ का लागि रु. ५५ लाख, वडा नं. २ का लागि रु। ५० लाख, वडा नं. ३ का लागि रु. ४० लाख, वडा नं. ४ का लागि रु. ४० लाख, वडा नं. ५ का लागि रु. ५५ लाख, वडा नं. ६ का लागि रु. ४५ लाख, वडा नं. ७ का लागि रु. ४० लाख, वडा नं. ८ का लागि रु. ५० लाख, वडा नं. ९ का लागि रु. ५५ लाख, वडा नं. १० का लागि रु. ४५ लाख, र वडा न. ११ का लागि रु. ५५ लाख विनियोजन गरिएको छ।

सबै वडाहरुका लागि चालु खर्चतर्फ कुल रु. ३३ लाख छुट्याइएको छ। विनियोजन विधेयक अनुसार, नगर कार्यपालिकाले आवश्यकता अनुसार एक शीर्षकको कुल रकमको २५ प्रतिशतमा नबढ्ने गरी अर्को शीर्षकमा रकम सार्न सक्नेछ, तर सोभन्दा बढी रकम सार्न परेमा नगर सभाको स्वीकृति अनिवार्य हुनेछ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज