Advertisement

बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् ।

स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो ।

पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् ।

पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । पञ्चेश्वरवासीले स्वास्थ्य सेवाका लागि डडेल्धुरा, धनगढीका साथै भारतको पिथौरागडसम्म जानुपर्ने बाध्यता रहेकोमा घरआँगनमै सेवा लिन सकून् भनेर शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा मुटु, छाती, सुगर, प्रेसर, कलेजो, थाइराइड रोग, हाडजोर्नी तथा नशारोग, कम्मर, घुडा, हातखुट्टा सुन्निने, दुख्ने, झम्झमाउने सम्बन्धी उपचार, महिला, स्त्री तथा प्रसूति रोग, महिलाको तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघर सम्बन्धी सेवा, निसन्तानपनको समस्या लगायतमा स्वास्थ परामर्शका साथै नि:शुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा स्वस्तिक अस्पतालका विशेषज्ञ चिकित्सक वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. सुनिल पाण्डे, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. इन्द्रबहादुर शाह, स्त्री, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव तथा मेडिकल अधिकृत डा. मनोजकुमार भट्ट र डा. सुरेन्द्र लिम्बुले स्वास्थ्य चेकजाँच तथा परामर्श दिएका थिए ।

 

शिविर समापनमा गाउँपालिका अध्यक्ष चन्दले विकासको दृष्टिकोणले पञ्चेश्वरमा विशेष चिकित्सकसहितको स्वास्थ्य सेवा दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा स्वास्थ्य जाँच गर्ने उपकरण सहितको सेवा दिनुपर्ने बताए । शिविरमा सेवा लिएका बिरामीले त्यहाँको पर्चा लिएर आएमा १ महिनासम्म ओपीडी (विशेषज्ञ डाक्टर परामर्श) शुल्क नलाग्ने र अन्य उपचारमा छुट सुविधा रहेको अस्पतालका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज