Advertisement

Day: १० असार २०८२, मंगलवार

बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् । स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो । पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् । पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बत...
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्दै

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्दै

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसले अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्यम्पसले भारतको झारखण्डस्थीत रहेको एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तन तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ वटा अन्य संस्थाहरुको सहयोगमा असारको १३ र १४ गते(शुक्रबार र शनिबार) दुई दिने अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो । क्याम्पसले मंगलबार पत्रकारसम्मेलनमार्फत ‘गुणस्तरीय शिक्षा र दिगो विकाशका उदीयमान अनुसन्धान प्रबृत्ति र नवप्रवर्तनहरुको बहुविधागत अनुसन्धान’ शिर्षकमा अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको छ । उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, अमेरीका, डेनमार्क र बेलायतका विभिन्न क्षेत्रका अन्वेशणकर्ताहरुले अनलाईन र अफलाईन आफ्नो प्रस्तुतिकरण गर्ने अन्तराष्ट्रिय सम्मेलनका कन्वेनर डा. मदन सिंह देउपाले ...
छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो १ अर्ब ९३ करोड बढीको बजेट

छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरले ल्यायो १ अर्ब ९३ करोड बढीको बजेट

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलवार भीमदत्त नगरपालिकाको नगर सभा हलमा बसेको १७औँ नगरसभाको बैठकबाट नगरपालिकाको आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित भएको हो ।   नगरनगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि १ अर्व ९३ करोड ८३ लाख २३ हजार ३ सय १९ बराबरको बजेट ल्याएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट ३३ करोड, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २३ करोड ९१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड ३७ लाख ६० हजार, संघिय सरकारबाट सशर्त अनुदान ५३ करोड २९ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड २२ लाख ६३ हजार ३ सय १९ र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।   यस्तै विशेष अनुदान संघिय स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज