Advertisement

मेगा सहकारी संस्थाले १२औँ स्थापना दिवस यसरी मनायो

महेन्द्रनगर–कञ्चनपुर जिल्लाकै राम्रो छवि बनाएको मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ बर्ष पुरा गरेर १२औ बर्षमा प्रवेश गरेको छ । सहकारीहरु ओरालो लागेको बेलामा कञ्चनपुरबासीहरुको आत्मविश्वास जित्न सफल भएको मेगा बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२औ स्थापना दिवस मनाएको छ । सहकारीले जिल्लाका विभिन्न सेवाकेन्द्रहरुमा फरकफरक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

 

केन्द्रिय कार्यलय तथा प्रमुख सेवा केन्द्र महेन्द्रनगरमा सहकारीका अध्यक्ष लगायत पदाधिकारी, कर्मचारीको उपस्थीतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरीएको सेवा केन्द्रका प्रमुख जयदेव जोशीले जानकारी दिए । उनका अनुसार सहकारीका अध्यक्ष रघुनाथ ओझा, उपाध्यक्ष रविन्द्र धामी, लेखा समिति संयोजक टेक राज भट्ट, ऋण समिति संयोजक कान्तुराम पनेरु र प्रशासन प्रमुख डम्मर नाथ लगायत सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

आगामी दिनमा संस्थाले स्तरीय एवं विश्वसनिय वित्तीय सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष ओझाले प्रतिबद्धता व्यक्त गरे । सहकारीका अन्य सेवा केन्द्रहरमा पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाईएको जोशीले बताए ।

२०७१ मा २५ जना शेयर सदस्य र ५२ हजार शेयर पूँजीबाट स्थापना भएको सहकारी संस्थामा १८ हजारबढि शेयर सदस्य एवं ७ करोड शेयर पूँजी पुगेको छ । सहकारीले हाल ब्रम्हदेब, दैजी, दोधारा चाँदनी, बेलौरी र कैलालीको धनगढी सेवाकेन्द्रबाट वित्तिय सेवा दिईरहेको छ ।

 

सहकारीले २०८१ को असार मसान्त सम्ममा ३६ करोड ५२ लाख निक्षेप संकलन गरेको थियो भने ५७ करोड २५ लाख ऋण लगानी गरेको छ । संस्थाले गत आर्थिक बर्षमा एक करोड ३२ लाख खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज