Advertisement

पर्यटन प्रवर्धनका लागि नेपाल–भारत काव्यगोष्ठी २०८२ सम्पन्न

हेमा भट्ट
कञ्चनपुर —पर्यटन प्रवर्धन तथा साहित्य–संस्कृतिको सम्बर्धन गर्ने उद्देश्यका साथ नेपाल–भारत काव्यगोष्ठी २०८२ जेठ ३१ गते शनिबार, कृष्णपुर नगरपालिका–०२, वाणी कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वडा नं। ०२ कार्यालय, कृष्णपुर नगरपालिकाको मुख्य प्रवर्धनमा तथा श्री उदय साहित्य समाज वाणीको आयोजनामा, अखिल नेपाल लेखक सङ्घ सुदूरपश्चिम प्रदेशको विशेष सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा भारतबाट बरेली, पीलिभीत, खटीमा लगायतका ठाउँबाट आएका साहित्यकारहरूलाई नेपाल–भारत साहित्य सेतु सम्मान प्रदान गरियो। सम्मानित हुनेहरूमा भारतका उपमेन्द्र सक्सेना, सत्यपाल सिंह सजग, राम रतन यादव रतन रहेका थिए।

 

कार्यक्रमका प्रमुख अतिथि वडा नं। ०२ का अध्यक्ष अर्जुन सिंह साउद, सभाध्यक्ष सिर्जन पाल, विशेष अतिथि तिर्थराज जोशी, कल्याण ओझा, कोपिला शर्मा, जगदीश ओझा तथा अतिथि कलाकार देउडा गायक दुर्गा भट्ट, धनसिंह ऐरी, पत्रकार, साहित्यकार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पञ्चेबाजा, फूलमाला, देउडा नाच, काव्यपाठ, रचना वाचन जस्ता सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। विद्यार्थीहरूबाट देउडा नृत्य, साहित्यिक कविता र भावप्रद संवाद प्रस्तुत गरियो।

पदमप्रकाश साउद, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्यले स्वागत मन्तव्य राख्दै भाषा, साहित्य र संस्कृति राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए। अध्यक्ष अर्जुन साउदले साहित्यले समाजलाई जोड्ने शक्ति राख्ने उल्लेख गर्दै वडा नं। २ भित्रको गडबिजुला ताल पर्यटनको सम्भावना बोकेको र यसमा ध्यान दिनुपर्ने बताए। साथै उनले विजय होमस्टेको प्रशंसा गर्दै अर्गानिक खानाको व्यवस्था रहेको उल्लेख गरे।

कार्यक्रममा हरिकृष्ण कडायत, लक्षिराम आचार्य लगायतका साहित्यकारहरूले कविता वाचन, शुभकामना मन्तव्य राखेका थिए। भारत–नेपालबीचको सांस्कृतिक, साहित्यिक र रोटी(बेटी सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रमलाई सार्थक बनाइएको हो । कार्यक्रममा ५० जना भन्दा बढी नेपाली तथा भारतीय साहित्यकारहरूको सक्रिय सहभागिता रहेको थियो । यो काव्यगोष्ठी नेपाल–भारत बीचको साहित्यिक सम्बन्ध सुदृढ गर्नुका साथै स्थानीय पर्यटन सम्भावनाहरू उजागर गर्न महत्त्वपूर्ण माध्यम बन्न पुगेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज