हेमा भट्ट
कञ्चनपुर —पर्यटन प्रवर्धन तथा साहित्य–संस्कृतिको सम्बर्धन गर्ने उद्देश्यका साथ नेपाल–भारत काव्यगोष्ठी २०८२ जेठ ३१ गते शनिबार, कृष्णपुर नगरपालिका–०२, वाणी कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वडा नं। ०२ कार्यालय, कृष्णपुर नगरपालिकाको मुख्य प्रवर्धनमा तथा श्री उदय साहित्य समाज वाणीको आयोजनामा, अखिल नेपाल लेखक सङ्घ सुदूरपश्चिम प्रदेशको विशेष सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रममा भारतबाट बरेली, पीलिभीत, खटीमा लगायतका ठाउँबाट आएका साहित्यकारहरूलाई नेपाल–भारत साहित्य सेतु सम्मान प्रदान गरियो। सम्मानित हुनेहरूमा भारतका उपमेन्द्र सक्सेना, सत्यपाल सिंह सजग, राम रतन यादव रतन रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडा नं। ०२ का अध्यक्ष अर्जुन सिंह साउद, सभाध्यक्ष सिर्जन पाल, विशेष अतिथि तिर्थराज जोशी, कल्याण ओझा, कोपिला शर्मा, जगदीश ओझा तथा अतिथि कलाकार देउडा गायक दुर्गा भट्ट, धनसिंह ऐरी, पत्रकार, साहित्यकार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पञ्चेबाजा, फूलमाला, देउडा नाच, काव्यपाठ, रचना वाचन जस्ता सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। विद्यार्थीहरूबाट देउडा नृत्य, साहित्यिक कविता र भावप्रद संवाद प्रस्तुत गरियो।
पदमप्रकाश साउद, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्यले स्वागत मन्तव्य राख्दै भाषा, साहित्य र संस्कृति राष्ट्र निर्माणको मेरुदण्ड भएको बताए। अध्यक्ष अर्जुन साउदले साहित्यले समाजलाई जोड्ने शक्ति राख्ने उल्लेख गर्दै वडा नं। २ भित्रको गडबिजुला ताल पर्यटनको सम्भावना बोकेको र यसमा ध्यान दिनुपर्ने बताए। साथै उनले विजय होमस्टेको प्रशंसा गर्दै अर्गानिक खानाको व्यवस्था रहेको उल्लेख गरे।

कार्यक्रममा हरिकृष्ण कडायत, लक्षिराम आचार्य लगायतका साहित्यकारहरूले कविता वाचन, शुभकामना मन्तव्य राखेका थिए। भारत–नेपालबीचको सांस्कृतिक, साहित्यिक र रोटी(बेटी सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रमलाई सार्थक बनाइएको हो । कार्यक्रममा ५० जना भन्दा बढी नेपाली तथा भारतीय साहित्यकारहरूको सक्रिय सहभागिता रहेको थियो । यो काव्यगोष्ठी नेपाल–भारत बीचको साहित्यिक सम्बन्ध सुदृढ गर्नुका साथै स्थानीय पर्यटन सम्भावनाहरू उजागर गर्न महत्त्वपूर्ण माध्यम बन्न पुगेको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।