Advertisement

महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको नयाँ कार्यसमिति चयन गर्न असार ७ गते निर्वाचन हुने

महेन्द्रनगर–महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको नयाँ कार्यसमिति चयन गर्न असार ७ गते निर्वाचन हुने भएको छ । महाकाली यातायात बहुउद्देश्यीय कम्पनि प्रा।लि। को दोस्रो साभारण सभाको बन्द सत्रबाट असार ७ गते चुनाव तोकेको हो । समितिमा ५ सय १८ व्यवसायी मतदाता छन् । बन्द सत्रबाट निर्वाचन मण्डल गठन गरिएपछि निर्वाचन कार्यक्रम बढाउने समितिका कार्यालय प्रमुख मदन बहादुर क्षेत्रीले जानकारी दिए ।

हरिश थापा मुख्य निर्वाचन अधिकृत रहेको समितिमा सञ्जिवचन्द्र भट्ट र मदनराज पाण्डेय सदस्य छन् । बन्द सत्रले थापा नेतृत्वको समितिलाई चुनाव गराउने जिम्मा दिएको हो ।
सरकारले यातायात व्यवसायी समितिलाई कम्पनीमा लग्ने निर्णय भएपछि तत्कालिन महाकाली सेती यातायात वस व्यवसायी समिति यातायात बहुउद्देश्यीय कम्पनी प्रा।लि।मा रुपान्तरण भएको थियो ।

सर्वोच्च अदालतले २०८० जेठमा कम्पनीमा जानु पर्ने सरकारको निर्णय खारेजी गरेको थियो । त्यसपछि कम्पनीले साविक महाकाली सेती यातायात वस व्यवसायी समितिको हैसियतमा नविकरणका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले हालसम्म समितिको नविकरण गरेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सर्वोच्चमा रिट दायर गरेको थियो । प्रशासन कार्यालयले नविकरण नगरे पनि सर्वोच्चको आदेश अनुसार असार ७ गते समितिको हैसियतमा चुनाव हुन लागेको हो ।

 

कार्यालय प्रमुख क्षेत्रीले २०७४ मा समितिको अन्तिम निर्वाचन भएको थियो । त्यसपछि कम्पनीमा रुपान्तरण भएपछि अहिले समितिको हैसियतामा चुनाव हुन लागेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले साधारण सभा उद्घाटन गरेका थिए । कम्पनीका निवर्तमान उपाध्यक्ष एबम् साधारण सभाका संयोजक विष्णु कँडलले अतिथिहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

 

उद्घाटन कार्यक्रममा कम्पनीका सल्लाहकार एबम् समितिका पूर्व अध्यक्ष गोपाल सिह भण्डारी बाहेक अन्यले सहमतिमा समिति चयन गर्न जोड दिए ।

सल्लाहकार भण्डारीले भने चुनाव गराउनु डराउनु नहुने धारणा राखेका थिए ।

२०७४ को चुनावबाट कम्पनीका निवर्तमान अध्यक्ष डम्बरराज पन्त अध्यक्ष निर्वाचित भएका थिए । समिति कम्पनीमा रुपान्तरण भएपछि पन्त कम्पनी अध्यक्ष भएका हुन् । दोस्रो साधारण सभाको बन्द सत्र सकिएपछि उनी निवर्तमान भएका छन् । बन्द सत्रबाट सचिव देवराज जोशीका वार्षिक, उपकार कोषाध्यक्ष धिरेन्द्र बहादुर चन्द उपकार कोष प्रतिवेदन र कोषाध्यक्ष रमेश थापाको आर्थिक प्रतिवेदन पारित गरिएका छन् ।महेन्द्रनगरस्थित भानु प्यालेशमा बुधबारदेखि सुरु दोस्रो साधारण सभा सुरु भएको हो । बिहीबार बन्द सत्रबाट असार ६ गते निर्वाचनका लागि अध्यक्ष मण्डल चयन गरिएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज