Advertisement

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । उक्त शाखको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि मेघराज खड्काले विधिबधरुपमा समुद्धघाटन गरेका छन् । महेन्द्रनगर बजारको मुटुमा रहेको नेशनल प्याथ ल्यावको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री खड्काले समुद्धघाट समारोमा बौलदै ल्यावले सामान्य देखि विशेष प्रकारको शारिरीक परिक्षणको लागि स्थानीयहरुलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । ‘राज्यले आफ्नो बजेटको सिमितताको आधारमा काम गर्दैछ, नेशनल ल्याव स्थापना गरी स्वास्थ्य क्षेत्रको विकासको लागि निजि क्षेत्रले पनि अग्रसरता देखाएको छ, यो राम्रो पक्ष हो,’ मन्त्री खड्काले भने ‘ल्यावले स्थानीयस्तरमा राम्रो सेवा सुविधा दिने जमर्को गरेको छ । यहाँका स्थानीयले विभिन्न किसिमका परिक्षणका लागि बाहिर जानुपर्ने बाध्यताको केहि हदसम्म भएता पनि अन्त्य हुनेछ ।’

उनले ल्यावले सर्वसाधारणलाई सौलियत दरमा परिक्षण सेवा प्रवाह गर्ने आशा व्यक्त गरे । ‘जहासम्म मलाई लागेको छ, ल्यावले सेवाहरु सौहलियत गर्नेछ, ल्यावका सेवाहरु सवै सर्वसाधारणको पहुचमा हुनेछ ।,’ उनले भने ‘महेन्द्रनगरबाट टाटा जानुपर्ने बाध्यताबाट सर्वसाधरण मुक्त हुनेछन् ।’
कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीले सरकारी स्तरबाट गर्न नसकिएको कार्य निजि क्षेत्रले गरेकोमा खुसि व्यक्त गरे । ‘सरकारी क्षेत्रबाट गर्न नसकिने कार्य निजिक्षेत्रले गरेको यसमा हामी खुसि छौ,’ उनले भनिन् ‘अगामी दिनमा सहकार्य गरौला । भीमदत्तबासीका लागि मात्रै नभई पुरै कञ्चनपुरबासीका लागि खुसिको कुरा हो नेशनल प्याथले राम्रो गुणस्तरीय सेवा प्रवाह गर्नेछ । बाहिर जानुपर्ने बाध्यत्मक अवस्था हट्ने आशा लिएकी छु ।’

दुई कारोड लगानीमा स्थापना गरीएको नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथल्यावको महेन्द्रनगर शाखामा सामान्य परिक्षणदेखि विशेष प्रकारका परिक्षण हुनेछन् । साइटो प्याथोलोजी, बायोकेमिस्ट्री, इम्युनोलोजी, सेरोलोजी, माइक्रो बायोलोजी तथा अन्य विभागहरु रहेको प्रयोगशालामा अत्याधुनिक उपकरणहरु तथा दक्ष प्राबिधिक जनशक्तिहरुले किड्नी ट्रान्सप्लान्ट सम्बन्धि विभिन्न परिक्षणहरु, बाथरोग सम्बन्धि परिक्षणहरु, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरको जाच तथा अन्य क्यान्सरको जाच गरीने प्रबन्ध निर्देशक पवन जोशीले बताए । उनका अनुसार ल्यावले होलबोडी चेकअफको समेत सेवा प्रदान गर्नेछ ।
संस्थाका अध्यक्ष कार्किले रुद्र बहादुर कार्कीले गुणस्तरीय ल्याव सेवा प्रदान गर्नका लागि महेन्द्रनगरमा प्रयोगशाला सथापना गरीएको र परीक्षणका लागि डिजिटल प्रविधिद्धारा घरबाटै नमुना संकलन गर्न सकिने र विरामी वा आफन्तले अनलाईनबाटै रिपोर्ट हेर्न सकिने व्यवस्था गरीएको जानकारी दिए ।
अध्यक्ष कार्कीले आर्थिक अवस्था कमजोर भएका विपन्न भएका विरामीहरुको जाच निशुल्क गरीने बताउनुभयो । आगामी दिनमा ग्रामिण क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्ने र विभिन्न स्वास्थ्य सम्बन्धी निशुल्क शिविर राख्ने ल्यावका महेन्द्रनगर शाखा प्रमुख ज्ञानदेव जोशीले बताए ।

वि.स. २०६९ सालमा बुटवलबाट सुरु भएको एनपिएलका अहिले देशभर १२ वटा शाखाहरु रहेका छन् । नेशनल प्याथ ल्यावको प्रयोगशाखाहरु काठमाण्डौ, ललितपुर, चितवन, बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुलसीपुर, धनगढी र पोखरामा रहेका छन् । काठमाण्डौ बुटवलमा रहेका प्रयोगशालाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हुन् ।
महेन्द्रनगरशाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला द्वारा “द्य” ग्रेड मा सुचिकृत रहेको छ । एन।पी।एल।ले काठमाडौंमा ८ सय बढी इनहाउसपरीक्षणहरु गदै आएको छ । स्याम्पल परीक्षण, कर्मचारी संख्याका हिसाबले नेशनल प्याथ ल्याब नेपालकैठूलो ल्याबमा पर्छ ।
एन.पी.एल.ले फ्लोसाइट्रोमेट्री प्रबिधिबाट ब्लड क्यान्सरसम्बन्धि जाँचहरु, इम्युनोहिस्टोकेमिस्ट्री प्रबिधिबाट अन्य क्यान्सर सम्बन्धि जााँचहरु, पी. सी. आर. प्रबिधिबाट इन्फेसीयस डिजिज सम्बन्धि जाँचहरु, इम्युनो फ्लोरेसेन्सर मल्टीप्लेक्स पीसीआर प्रबिधिबाट अन्य जाचहरु गर्दै आएको छ । यस्तै, रेस्पेरेटरी प्यानल, ग्यास्ट्रोइन्टेस्टाइनल प्यानल, मेनेन्जाइर्टस र इन्सेफ्लाइर्टस प्यानल लगायतका जाँचहरु पनि नेशनल प्याथ ल्याबमा उपलब्ध छन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहेका थिए भने विशिष्ठ अतिथिमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहेका थिए । त्यसैगरी कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक खगेन्द्र बम, पुर्व निर्देशक झलक राज ढुंगाना, भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा, शसस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक राजु श्रेष्ठ, वडा नं. ४ का वडा अध्यक्ष सुशिल भट्ट, नागार्जुन मेडिकलका संञ्चालक कैलाश चन्द्र भट्ट, मन्त्र हस्पिटलका प्रबन्धक डा. गोविन्द रोकाया पत्रकारम महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामी अतिथि रहेका थिए । कार्यक्रममा स्थानीय तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय ...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज