Advertisement

Day: ११ जेष्ठ २०८२, शनिबार

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष पदको लागि भएको निर्वाचनबाट विष्टले एक सय ३ मत लिएर अध्यक्षमा निर्वाचित भएका हुन् । विष्ट यस अघि संगठनका जिल्ला सचिव हुन् । उहाका प्रतिस्पर्धि भुवनेश्वरी थापा रावलले ३४ मत मात्र लिएका थिए । जिल्लाको अन्य पदाधिकारी तथा सदस्य र प्रदेश प्रतिनिधि निर्विरोध निर्वाचित भएता पनि अध्यक्ष पदका दुवै जना प्रत्यासीविच सहमति हुन नसकेपछि भने निर्वाचन भएको हो । १३ जिल्ला अधिबेशनबाट उपाध्यक्षमा चन्द्र बहादुर थापा, कुमारी सत्या रोकाया निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा धनञ्जय जोशी, कोषाध्यक्षमा छविराज पाण्डेय, सहसचिवमा गीता रेग्मी र सहकोषाध्यक्षमा नर्मदा जोशी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगर िसदस्यमा टिकाराम शर्मा, लक्ष्मीदत्त भट्ट, रुद्र क...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय अन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत आर्थिक वर्ष २०८०/८१ मा महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले २ लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी छत्र रावतले जानकारी दिए। लेखापाल भट्टले आर्थिक वर्ष २०८०/८१ को समपरीक्षणका लागि २०८१ ...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । उक्त शाखको शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि मेघराज खड्काले विधिबधरुपमा समुद्धघाटन गरेका छन् । महेन्द्रनगर बजारको मुटुमा रहेको नेशनल प्याथ ल्यावको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री खड्काले समुद्धघाट समारोमा बौलदै ल्यावले सामान्य देखि विशेष प्रकारको शारिरीक परिक्षणको लागि स्थानीयहरुलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । ‘राज्यले आफ्नो बजेटको सिमितताको आधारमा काम गर्दैछ, नेशनल ल्याव स्थापना गरी स्वास्थ्य क्षेत्रको विकासको लागि निजि क्षेत्रले पनि अग्रसरता देखाएको छ, यो राम्रो पक्ष हो,’ मन्त्री खड्काले भने ‘ल्यावले स्थानीयस्तरमा राम्रो सेवा सुविधा दिने जमर्को गरेको छ । यहाँका स्थानीयले विभिन्न किसिमका परिक्षणका लागि बाहिर जान...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्र।१–०२–००२ च ५२३८ नम्बरको गाडीलाई शंकाका लागि चेकजाँच गर्जे क्रममा ८ सय ९० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । साथै, धनकुटा सांगुरीगढी–२ का उल्लास लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।...
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ । आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् । अनेरास्ववियुले जेठ १२ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् । ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ ...
नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीका विद्यार्थी र प्राध्यापकहरु आदान–प्रदान हुने

नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीका विद्यार्थी र प्राध्यापकहरु आदान–प्रदान हुने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (MoU) आदान–प्रदान गरिएको छ। काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्रा. डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसन दत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको हो। दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको MoU मा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ। समझदारीपत्र पाँच वर्षसम्म प्रभावकारी रहनेछ। यस अव...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज