नयाँ खबर
महेन्द्रनगर–क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक परेको छ । वैद्यकी आमा जानकादेवी उपाध्यायको आज १०० वर्षको उमेरमा निधन भएको हो ।
उनको अन्त्येष्टि दाङको घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने छोरीतर्फका नाति प्रशान्त वलीले जानकारी दिए ।

जानकादेवीका ७ भाइछोरा र एक छोरी छन्, जसमध्ये ७९ वर्षीय मोहन जेठा हुन् । ७ छोरामा मोहन, वासुदेव, नारायण, दामोदर, गोपाल, हेमराज र मधुसुधन हुन् भने छोरी रमा वैद्य हुन् ।

प्यूठानबाट वैद्य परिवार दाङमा बसोबास गर्दै आएका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।