Advertisement

कञ्चनपुरका विभिन्न वडा विपद् संकटग्रस्त घाषणा गर्न सिफारिस, कुनकुन वडा परे ?

काठमाण्डौ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं माननीय गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्‍न भएको छ।

बैठकले विगतमा भएका मनसुनजन्य विपद्‌का कारण सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रुप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ।

त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं। ३, ८, ९ र १० का बस्तीहरुलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

बैठकका क्रममा माननीय गृह मन्त्री लेखकले गत असोजको अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परेका नागरिकलाई उद्धारको लागि अहोरात्र खटिँदा स्वास्थ्यमा जटिल समस्या उत्पन्न भई उपचारका क्रममा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले विपद् व्यवस्थापनमा पुर्‍याएको विशेष योगदानको उच्च कदर गर्दै निजको जीवन संगीनी सुजी कुँवरलाई मरणोपरान्त सम्मान पत्र प्रदान गर्नु भयो।

बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चात्‌को पुनर्लाभ (पुनर्निर्माण तथा पुनर्स्थापना)योजना(२०८१/०८२/२०८३/०८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरधुरीको तदारुकताका साथ कार्यसम्पन्न गर्न प्राधिकरणलाई बैठकले निर्देशन समेत दिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज