Advertisement

कञ्चनपुरका विभिन्न वडा विपद् संकटग्रस्त घाषणा गर्न सिफारिस, कुनकुन वडा परे ?

Advertisement

काठमाण्डौ – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं माननीय गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्‍न भएको छ।

बैठकले विगतमा भएका मनसुनजन्य विपद्‌का कारण सृजित भएको जनधनको क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतको आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ लाई यथाशीघ्र अन्तिम रुप दिन र कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन प्राधिकरण तथा सरोकारवाला सबै निकायलाई बैठकले निर्देशन दिएको छ।

त्यसैगरी, बैठकले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग र भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ को बस्ती तथा दोधारा चाँदनी नगरपालिकाको वडा नं। ३, ८, ९ र १० का बस्तीहरुलाई संरक्षण गर्न उल्लिखित क्षेत्रलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ (१) बमोजिम घोषणा भएको मितिले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

बैठकका क्रममा माननीय गृह मन्त्री लेखकले गत असोजको अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परेका नागरिकलाई उद्धारको लागि अहोरात्र खटिँदा स्वास्थ्यमा जटिल समस्या उत्पन्न भई उपचारका क्रममा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालले विपद् व्यवस्थापनमा पुर्‍याएको विशेष योगदानको उच्च कदर गर्दै निजको जीवन संगीनी सुजी कुँवरलाई मरणोपरान्त सम्मान पत्र प्रदान गर्नु भयो।

बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चात्‌को पुनर्लाभ (पुनर्निर्माण तथा पुनर्स्थापना)योजना(२०८१/०८२/२०८३/०८४) को कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्दै क्षति आकलन हुन बाँकी घरधुरीको तदारुकताका साथ कार्यसम्पन्न गर्न प्राधिकरणलाई बैठकले निर्देशन समेत दिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज