Advertisement

कञ्चनपुरमा एसपी जोशीका साढे १४ महिना कस्ता रहे ?

महेन्द्रनगर–कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी आज(शुक्रबार) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट विदाई भएर जानुभयो । उहाँले ललितपुर प्रहरी परिसरको रमाना लिएर जानुभएको हो । एक वर्ष दुई महिना १८ दिन कञ्चनपुरको नेतृत्व गरेका जोशीले बिहिबार जिल्ला प्रहरी कार्यालयको महिला सेलको सभाहलमा पत्रकारहरुसंग एक कार्यक्रम गरी आफ्नो कार्यकालमा गरिएको प्रगतिबारे जानकारी दिनुभयो ।

उहाँले सरसर्ती आफुले १४ महिनामा गरेका कार्यहरु प्रोजेक्टरमार्फत देखाउदै व्यख्या गर्नुभयो । अनि पत्रकारहरुलाई केहि कन्फ्युजन भएको, सोध्नपर्ने विषयबस्तुभए जिज्ञासा राख्न समय दिनुभयो । उहाँले अन्त्यमा आएर पत्रकारले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुभयो । ‘यहाँ बस्दा मैले सहकार्य र समन्वय सबैभन्दा राम्रो रुपमा लाग्यो, भोलि जाँदैछु यो चाहिँ राम्रो लागेको छैन’ पत्रकारहरुले उनीसित राखेको जिज्ञासामा प्रहरी उपरीक्षक जोशीले भने ।

 

आफ्नो कार्यकालमा कञ्चनपुरमा थुप्रै प्रगति गरेको बारेमा उल्लेख गरेका प्रहरी उपरीक्षक जोशीले जिल्लामा लागु औषध मुख्य समस्या र चिन्ताको विषय रहेको अनुभव बताउनुभयो । उहाँले लागुऔषधको कारण जिल्लामा ठूला ठूला चोरीका घट्ना घट्ने गरेको रहस्यमय तथ्य पनि सार्वजनिक गर्नुभयो । ‘मैले कञ्चनपुर बसाईको दौरानमा तपाईहरुको साथसहयोग र सहकार्यले गर्दा लक्ष्य र उदेश्य हासिल गरे,’ प्रहरी उपरीक्षक जोशीले भन्नुभयो ‘तर जिल्लामा लागु औषध विकरालरुप लिएको छ, यसका लागि प्रहरी एक्ले गरेर हुदैन, सबै सरोकारवाला पक्षको साथ सहयोग आवश्यक पर्छ, अहिले जुन चोरी डकैतीका घट्ना घटिरहेको छ ९० प्रतिशत घट्ना लागुऔषधसंग कहि न कहिबाट जोडिएको पाएकाछौ ।’ उहाले आफ्नो कार्यकालमा दुईसय वढि लागुऔषधमा फसेका पक्राउ परेको बताउनुभयो । ‘मेरो कार्यकालमा यसै आर्थिक बर्षमा मात्र दुई सय जना लागुऔाषधमा पक्राउ परे तर पक्राउ गरेर मात्र नियन्त्रण हुदैन् ,’ उहाँले भन्नुभयो ‘प्रहरीको एकल प्रयासले मात्र लागु औषध रोकथाम गर्न अवस्था पुगेको छ, लागुऔषध कारोवार शहरबाट गाँउतिर विस्तार हुनुका साथै उनीहरुले ओसार पसार गर्ने परिमाणमा पनि परिबर्तन भएको पाईएको छ, उनीहरुले आफु प्रयोग गर्नका लागि सानो परिमाणमा मात्रै ओसार पसार गर्ने र त्यही बाट अरुलाई पनि विक्रि गर्ने प्रबृत्ति बढेर गएको छ ।’
उहाँले वडा प्रहरी कार्यालयमा इन्चार्ज भएको १२ वर्षपछि एसपी भएर कञ्चनपुर प्रहरीको नेतृत्व गरेका हुन् । उनी यस अघि प्रहरी निरीक्षक भएर जिल्ला प्रहरी कार्यालयमा समेत बसेका थिए ।
पत्रकारहरुले पूर्व लागु औषध सेवनकर्ताका भोगाई सहित सन्देश सार्वजनिक गरी रोकथामा टेवा पुगाउन सक्ने जोशीले बताए ।
त्यसैगरी कञ्चनपुर जिल्लामा साँधुरो सडक दोस्रो चुनौति रहेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो । ‘कञ्चपनुर जिल्लामा दोस्रो ठुलो चुनौतिको रुपमा साघुरा सडक हुन् जसका कारण हुने सडक दुर्घट्नाले ठुलो सुरक्षा चुनौति हुने गरेका छन,’ उहाँले भन्नुभयो ‘जिल्लाको अन्य खासै चुनौती छैनन् यति दुई कुरा सारै समस्याका रुपमा रहेका छन् ।’
जोशीले चालु आर्थिक वर्षको हालसम्म ६ करोड ८१ लाख मूल्य बराबरको भन्सार छलीको समान बरामद गरिएको छ । गत वर्ष ६ करोड ३७ लाखको अवैध समान बराद गरिएको थियो ।

उहाँले एक बर्ष दुई महिना १८ दिनमा गरेको प्रगति के हुन् ?

उहाँले फरार प्रतिबादी पक्राउ गरी कानुनि दायरामा ल्याउने कार्यलाई जोड दिनुभयो । त्यसैकै प्रतिफल चालु आर्थिक वर्षको हालसम्म ३ सय ९७ जना फरार प्रतिवादी पक्राउ गरिएका छन् । गत वर्ष २ सय ४५ र अघिल्लो वर्ष ९२ जना मात्रै पक्राउ गरिएका थिए । फरार प्रतिवादीमा लगत र मिसिल भेटाउन नसकिने समस्याले पक्राउ गरिएकालाई पनि फिर्ता पठाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । एसपी जोशीको कार्यकालमा अवैध काठ र नदीजन्य पदार्थ अवैध उत्खनन नियन्त्रण कार्यलाई पनि प्राथमिकता दिइएको छ । चालु आर्थिक वर्षको हालसम्म ३ सय ४३ क्युफिट काठ बरामद गरी ११ लाख ५५ लाख हजार राजश्व अशुल गरिएको छ । यसैगरी अवैध काठ कारोबारमा संलग्न ७ जना पक्राउ गरी कानुनी दायरामा ल्याइएका छन् । नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३४ जना पक्राउ गरिएका छन् । उनीहरुसंगै सवारी साधन पनि नियन्त्रणमा लिइएका छन् । एसपी जोशीले लागू औषधलाई मुख्य प्राथमिकतामा राखेर कार्यगरेको बताउनुभयो । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा लागूऔषध सहित २ सय ५५ पुरुष र ३२ महिला गरि २ सय ८७ जनालाई नियन्त्रणमा लिइएको छ । उक्त आवमा ३३० ग्राम ब्राउन सुगर, ६ किलो १० ग्राम चरेश, ७८ ग्राम गाँजा, ५२० थान एम्पुल र ९२ थान ट्याब्लेट बरामद गरिएको थियो । यस्तै, आर्थिक वर्ष ०८१/०८२ मा प्रहरीले लागू औषध सहित १८९ जना पुरुष र ११ जना महिला गरि दुई सयजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । उक्त आर्थिक वर्षमा ३७३ ग्राम ब्राउन सुगर, २४ किलो चरेश, २ किलो गाजा, ४०० थान एम्पुल र १३३ थान ट्याब्लेट बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जोशीको कार्यकालमा अनुसन्धान गरिएका मुख्य घट्ना सम्बन्धि कार्यक्रममा जानकारी दिइएको छ । प्रहरीले २०८१ कार्तिक ८ गते भीमदत्त नगरपालिका ४ बाट २८ दशमलव ३८ ग्राम खैरो हेरोईन सहित २ जना भारतीयलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानपछि भारतीय नागरिक पुर्पक्षका लागि कञ्चनपुर कारागारमा चलान गरिएका छन् । २०८१ कार्तिक १३ पुनर्बास नगरपालिका २ बाट १ सय १८ ग्राम ३६० मिलि ग्राम खैरो हेरोईन सहित २ जना मानिस पक्राउ गरिएको थियो । त्यसमा प्रहरी अनुसन्धानपछि एक जनालाई छाडिएको थियो । बेलडाडी गाउँपालिका २ बाट २०८१ मंसिरमा १३ दशमलव ३९ ग्राम खैरो हेरोईन सहित २ जना मानिस पक्राउ गरिएको थियो । बेलौरी नगरपालिका ६ भुराकोटका शिया राम रानाको शंकास्पपद मृत्यु घटना अनुसन्धान गरी संलग्न पक्राउ गरिएको थियो । प्रहरी अनुसन्धानमा रानाकी श्रीमति र भारतीय नागरिक फारुकले हत्या गरेको खुलेको थियो । भीमदत्त नगरपालिका ८ तिलाचौडमा आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने पूर्व प्रहरी सहायक निरीक्षक नरेन्द्र सिंह बिष्टलाई पक्राउ गरेको थियो । लालझाँडी गाँउपालिका १ बिनावारीस्थित मृतक रमेश वडायक र उनकी श्रीमति कमला बडाउनको हत्याको अनुसन्धान गरी मुद्दा चलाएको थियो । प्रहरीले अनुसन्धानपछि लालझाडी गाउँपालिका २ कञ्जका ४३ को गंगा राम रानालाई पक्राउ गरिएको थियो । बडायले आफ्नै घरमा सञ्चालन गरेको होटेलमा २०८१ कार्तिक ८ गते राना दम्पत्ति मृत भेटिएका थिए । प्रहरी समुदाय साझेदारी अन्र्तगत जिल्लाभर विभिन्न कार्यक्रम गरिएका छन् । प्रहरी प्रधान कार्यालयसित गरिएको सम्झौता अनुसार उनले कामकाज गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ६ सय ५५ कार्यक्रम गरिएका छन् । नागरिक सुनुवाई, सामुदायिक कार्यक्रम, मुद्दा चल्ने प्रहरी इकाई कार्यालयमा पुस्तकालय सञ्चालन, सिसिटिभी जडान, सशस्त्र प्रहरीसंग संयुक्त अभ्यास, आत्महत्या न्यूनीकरणका लागि अभियान सञ्चालन लगायतका कार्यक्रम गरिएका छन् । एसपी जोशीको कार्यालयमा प्रहरी कार्यालयमा नवप्रद्र्धनात्मक कार्य गरिएका छन् । त्यसमा हिरासत कक्ष मर्मत, हिरासत कक्षमा पुस्तकालय स्थापना, प्रहरी कार्यालय सौन्दर्यकरणका लागि धुबीको विरुवा बृक्षारोपण, कार्यालयमा बाटो निर्माण र मेलमिलाप चौतारी निर्माण लगायत कार्य रहेका छन् । उहाँले आफ्नो कार्यकालमा पत्रकारहरुले राम्रो भुमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफ्नो साढे चौध महिनाको कञ्चनपुर बसाई सफल र विवादरहित बनाउन सफल हुनुभएको छ । उहाँ आज शुक्रबारमात्रै ललितपुर प्रहरी परिसरका लागि रमाना लिएर जानुभएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज