एजेन्सी–भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्राको विहीवार शंकास्पद मृत्यु भएको छ । वीरगञ्जकी १९ बर्षीय छात्रा प्रिसा साह छात्राबासस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
नयाँदिल्लीस्थित नेपाली राजदुताबासका काउन्सिलर सञ्जिब शर्मा दासका अनुसार स्थानीय प्रहरीले उनको आत्महत्या भएको हुनसक्ने आशंका गरेको छ । यद्यपी प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।
यसअघि सोही कलेजमा अध्ययनरत वुटवलकी प्रकृति लम्सालले ४ फागुनमा आत्महत्या गरेकी थिइन् । तीन महिनापछि सोही कलेजमा फेरि अर्की बिद्यार्थीको रहस्यमय मृत्यु भएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।