Advertisement

मझगाँउ विमानस्थलमा धावन मार्ग कालोपत्रे कार्य सुरु

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १६ स्थित मझगाँउ विमानस्थलको रनवे कालोपत्रेको कार्य सुरु भएको छ । बुधवार नगरप्रमुख पदम बोगटीले भूमि पुजन गरी कालोपत्रे कार्यको शुभारम्भ गरेका हुन् । नगर प्रमुख बोगटीले भुमिपुजन पछि पत्रकारहरुसंग प्रतिक्रिया दिदै सेनासंग सम्झौता भएपछि रनवे पिचको कार्य अगाडि बढाएको बताउनुभयो । ‘सेनासंग कुराकानी गरेर सम्झौता गरेर अहिले दुई सय २५ मिटर लिनुपर्ने हो, अगाडि चाही एक सय ५० मिटरको काम हुन्छ, बाकि ७५ मिटर आवश्यक परेपछि हुन्छ,’ उहाँले भन्नुभयो ‘अहिलेचाही सबै कुरा मिलेर सबैको सहमति भएर, सेनाले पनि सहयोग गर्नुभएको छ, स्थानीय हामी सबै बसेर निर्णय ग¥यौ, निर्णय गरीसकेपछि सेनाले काम गर्न दिने भयो, उनीहरुका त्यसमा केहि सर्तहरु छन्, त्यसमा चाही उनीहरुको भित्र फेम्ली क्वाटर छन् त्यसमा चाही प्रदुरषण नहोस, एयरपोट बनिसकेपछि उहाँहरुको क्षेत्रमा डुवान नहोस भन्नेछन् ।, आजदेखि चाही रनवे कालोपत्रेको कार्य सुरुभयो, चाडै परिक्षण उडान हुन्छ ।’
अनौपचारीक रुपमा गरीएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका कार्यवाहाक मुख्यमन्त्री एवम् आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले मझगाउँ विमानस्थल निर्माणका लागि प्रदेश सरकारबाट आर्थिकरुपमा कुनै पनि समस्या नआउने बताउनुभयो । उहाले तिन वटै सरकारको संयुक्त लगानीमा निर्माण भईरहेको मझगाँउ विमानस्थल‘ संञ्चालन गर्न आवश्यक पर्ने जति पनि संरचना छन, तिनीहरुको निर्माणका लागि पनि प्रदेश सरकार तत्पर रहेको भन्दै विमानस्थल संञ्चालन छिटो गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो । ‘रनवे पिचको काम सुरु भईसकेको छ, प्रदेश सरकारबाट आर्थिकको लागि कुनै समस्या हुदैन, त्यसकोलागि सबै सहमति भईसकेको अवस्था छ, र यस पछिका जति पनि संरचना बन्नेहुन बन्नुपर्ने आवश्यकता छन् यसका लागि पनि प्रदेश सरकार तत्पर रहनेछ, र संञ्चालनका लािग प्रदेशसरकार प्रतिबद्ध रहेका छौ’ उहाले भन्नुभयो ‘कञ्चनपुरमा पनि एयरपोर्टको आवश्यकता भएको छ, त्यस कारण हामी तिन वटै सरकार मिलेर काम गरीरहेकाछौ ।’
आगामी आर्थिक बर्षको लागि पनि तिन वटै सरकारविच सहकार्य गरेर बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो । ‘अव आर्थिक बर्ष आउदै त्यसकालागि हामी तिन ओटै सरकारहरुविचमा बसेर समन्वय गरेर सल्लाह गरेर बजेट छुट्याउछौ ।’


कार्यबाहक मुख्य मन्त्री थापाले एयरपोर्ट निर्माण भईसकेपछि सञ्चालनमा कुनै ढिलाई नहुने बताउनुभो । ‘मलाई लाग्छ निर्माण हुन त कति समय लाग्छ ठ्याक्कै भन्न सकिदैन त्यो प्राविधिक विषय रह्यो,’ उहाँले भन्नुभयो ‘तर एयरपोर्ट निर्माण भएपछि सञ्चालनमा आउन कुनै समय पर्खिनुपर्दैन् ।’ एयरपोर्ट निर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत लगानी गर्ने सम्झौता अनुरुप खर्च भईरहेको छ ।
तिनै तहका सरकारहरुले बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता गरेपछि उनीहरुले निर्माण कार्य अगाडि बढाउन भनेपछि निर्माण कार्य अगाडि बढाईएको आयोजना सहायक प्रमुख युवराज रिजालले बताउनुभयो । ‘लगानीकर्ताको माडालिटीका हिसावले नेपालमा नयाँ मोडालिटिमा यो एयरपोर्ट निर्माण भईरहेको छ, डोनर एजेन्सिहरुले नै निर्माणको पेमेन्ट हुन्छ तपाईहरु अगाडि बढ्नुस भनेर हामीलाई प्रतिबद्धता प्राप्त भएको छ,’ उहाँले भन्नुभयो ‘सोहीअनुरुप निर्देजनअनुसार कार्य अगािड बढेको अवस्था छ, आउने माघमा पिच कार्य सक्नुपर्ने सम्झौतामा उल्लेख छ, त्यहीअनुसार काम गरीरहेकाछौ।’
मुख्य ठेकेदारबाट रनवे पिचको जिम्मा पाएका निर्माण व्यावसायी तेज बहादुर चन्दले रनवे पिचगर्ने र अस्पार्टको कार्य डेढ महिनाभित्र गरीसक्ने बताउनुभयो । ‘मसंग काठमाण्डौमा पिच निर्माणका लागि सम्झौता भएको हो, उक्त कार्य लगभग म डेढ महिनामा सक्ने योजनाका साथ काम अगाडि बढाएकोछु,’ निर्माण व्यवसायी चन्दले भन्नुभयो ‘अस्पार्टलाई डेढ महिनाभित्र सक्छु, अनि अगाडिको ठाउको कार्यलागि पनि सेनासंग सम्झौता भईसकेको छ अस्पार्टको कार्य सकेपछि माटो भर्ने र बेस राख्ने कार्य संगै अगािड बढाउछौ चाडै नै निर्माण कार्य सम्पन्न गछौ ।’

मझगाँउ विमानस्थल निर्माण भई सञ्चालनमा आएपछि पश्चिम नेपाल पर्यटकिय हवकोरुपमा चिनिने र सुदूरपश्चिमका ९ वटै जिल्लाको आर्थिक कायापलट हुने कञ्चनपुर उद्योग बणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । उहाले मझगाँउ एयरपोर्ट सुरक्षा र पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण रहेको बताउनुभयो ।
मझगाँउ एयरपोर्टले कञ्चनपुर जिल्लालाई मात्र नभई पोखरा काठमाण्डौका पर्यटन क्षेत्रमा जान सकिने भएकाले जसले गर्दा पर्यटन व्यवसायलाई ठूलो राहत मिल्लने पर्यटन व्यवसायी प्रमानन्द जोशीले बताउनुभयो ।
भूमी पुजन एवं पिच गर्ने कार्यको सुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी लक्षमण ढकाल, वडाध्यक्षहरु, उद्योग वाणिज्यका अध्यक्ष पिताम्बर जोशी, होटेल व्यवसायी संघ, पर्यटन व्यवसायीका प्रमुख एवम् प्रतिनिधि, विमानस्थल आयोजनाका आयोजना प्रमुख, लगायत स्थानियको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज