महेन्द्रनगर–नेपाल निजामति कर्मचारी संगठनले ५६औ स्थापना दिवस भव्यताका साथ मनाएको छ । आईतबार नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरले समाज कल्याण अञ्चल बाल अनाथालयमा भौतिक सामग्री प्रदान गरी ५६औ स्थापना दिवस मनाएको हो । नेपाल निजामति कर्मचारी संगठनको ५६ स्थापना दिवसको उपलक्षमा २ ओटा स्ट्याण्ड पंखा र ५ थान कुर्सि हस्तान्तरण गरीएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी, जिल्ला अध्यक्ष मान बहादुर चन्द, पेशागत महासंघ नेपाल कञ्चनपुरका उपाध्यक्ष तिलकराज जोशी, निजामति कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष दिनेशराज भट्ट, सचिव लाल बहादुर विष्ट लगायत सहभागी भएका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।