महेन्द्रनगर – नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक बिरेन्द्र प्रशाद भट्ट निर्विरोध निर्वाचित भएका छन् । बिहिबार सम्पन्न भएको नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अधिवेशनबाट उप–प्राध्यापक भट्ट निर्बिरोध अध्यक्षमा चयन भएका हुन । उपाध्यक्षमा प्रकासचन्द्र बडू, सचिवमा डा. गम्भिर बहादुर चन्द, कोषाध्यक्षमा रमेश कुमार साउद, सदस्यमा हरिदत्त पन्त, मदन सिह खडका, हरीशरण भट्ट निर्विरोध चयन भएका छन ।
महाधिवेशन प्रतिनिधीमा शंकरदत्त भट्ट, टिकाराम खरेल, प्रकासचन्द्र बडू, राजेन्द्र प्रशाद जोशी, डा. राजेन्द्र पन्त रहेका छन । बन्दशत्रको अध्यक्षतामा प्रगतिशील प्राध्यापक संगठनका नेता महेन्द्र बहादुर चन्द र सदस्य शंकरदत्त भट्ट, राजेन्द्र प्रशाद जोशी रहेका थिए ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय एकाई अध्यक्ष उप–प्राध्यापक बिरेन्द्र प्रशाद भट्टले प्राध्यापकको हकहितका साथै विश्वविद्यालयको बृद्धिविकासका लागि काम गर्ने बताउनुभयो ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।