महेन्द्रनगर–पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माण कार्य अलपत्र पार्ने दश निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे स्पष्टीकरण सोधेको छ ।
सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो ।
निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने ? भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ ।
पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनतालाई अनावश्यक दुःख दिने निर्माण कम्पनीहरूलाई ठेक्का रद्द गर्ने चेतावनी दिइएको छ । पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले चन्द ग्रुप एण्ड सप्लायर्स प्रालि, एम डि ग्रुप महेन्द्रनगर, शुभम् कन्सट्रक्सन लालझाडी, महाकाली कन्सट्रक्सन कम्पनी भीमदत्त–४, एसएन निर्माण तथा परामर्श सेवा, नागार्जुन निर्माण सेवा, राधा भानु निमार्ण सेवा, मछान–बाशुलिङ्ग जेभि महेन्द्रनगर, गणपति कन्सट्रक्सन र आरपी कन्सट्रक्सन, भीमदत्त–५ गरेर अन्तिम पटकका लागि ताकेता गरेको छ ।
सूचना प्रकाशित भएको दिनदेखि ७ दिन भित्र निर्माण कार्य सुचारु नगरे वा ७ दिन भित्र कार्यालयमा स्पष्टीकरण पेश नगरे ठेक्का सम्झौता सर्त, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने समेत सूचनामा उल्लेख गरिएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।