Advertisement

निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

महेन्द्रनगर–पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माण कार्य अलपत्र पार्ने दश निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे स्पष्टीकरण सोधेको छ ।
सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो ।
निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने ? भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ ।

पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनतालाई अनावश्यक दुःख दिने निर्माण कम्पनीहरूलाई ठेक्का रद्‍द गर्ने चेतावनी दिइएको छ । पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले चन्द ग्रुप एण्ड सप्लायर्स प्रालि, एम डि ग्रुप महेन्द्रनगर, शुभम् कन्सट्रक्सन लालझाडी, महाकाली कन्सट्रक्सन कम्पनी भीमदत्त–४, एसएन निर्माण तथा परामर्श सेवा, नागार्जुन निर्माण सेवा, राधा भानु निमार्ण सेवा, मछान–बाशुलिङ्ग जेभि महेन्द्रनगर, गणपति कन्सट्रक्सन र आरपी कन्सट्रक्सन, भीमदत्त–५ गरेर अन्तिम पटकका लागि ताकेता गरेको छ ।
सूचना प्रकाशित भएको दिनदेखि ७ दिन भित्र निर्माण कार्य सुचारु नगरे वा ७ दिन भित्र कार्यालयमा स्पष्टीकरण पेश नगरे ठेक्का सम्झौता सर्त, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज