Advertisement

एमालेको बिशेष सभालाई ज्ञवाली र पोखरेलले संवोधन गर्ने

महेन्द्रनगर–नेकपा एमालेले कैलालीको धनगढीमा आयोजना गर्ने प्रदेशस्तरीय विशेष सभाको तयारी तिब्र बनाएको छ । पार्टी प्रदेश कमिटीको नेतृत्वमा यही चैत्र २९ गते हुने बिशेष सभालाई व्यापक बनाउन प्रचार प्रसार देखि अन्य व्यवस्थापकीय तयारीलाई तिब्र पारिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिनुभयो ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको नेकपा एमालेले जनाएको छ । सभालाई नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलले संवोधन गर्ने प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं पार्टी प्रदेश कमिटी उपसचिव भागरथी विष्टले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली आउने भनिएपनि अन्तिममा सरकारकै काममा व्यस्त रहनु पर्ने भएकोले उपाध्यक्ष र महासचिवले संवोधन गर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।

पार्टी उपाध्यक्ष, महासचिव सहीत पार्टी प्रदेश इन्चार्ज एवं सचिव लेखराज भट्टले पनि सभालाई संवोधन गर्ने कार्यतालिका बनाइएको छ । नेकपा एमालेले प्रदेश कमिटीकै आयोजना रहने सभालाई सन्देश र शक्ति प्रर्दशनका रुपमा लिएको छ । प्रत्येक जिल्लाबाट पार्टीका २३ वटै जनसंगठनका नेता कार्यकर्ता, पार्टी टोल, वडा, पालिका र जिल्ला कमिटीका नेता कार्यकर्तालाई सभामा अनिवार्य सहभागि हुन भनिएको छ ।

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा धनगढीमा बिशेष सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । सचिव चन्दका अनुसार ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, अर्कोतिर देशमा अराजनीतिक भीड बढ्ने खतरा छ, त्यसै अभियानको निरन्तरता र सन्देशका लागि यो सभा आयोजना हुँदैछ।’ पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले तयारीका कामहरु भइरहेको बताए ।

प्रदेश स्तरमै एमालेको शक्ति देखाउने र जनताको समर्थन कस्तो हुन्छ, त्यो सन्देश दिनका लागि बिशेष सभा आयोजना गर्न लागिएको हो, अध्यक्ष जैशीले भने । उनले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि जनतालाई सचेत बनाउन आयोजित कार्यक्रममा सबै गणतन्त्रवादी सहभागि हुने विश्वास व्यक्त गरे ।

पूर्वराजाका नाममा अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि विरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो’ जैशीले भने । ‘परिवर्तनविरोधी गतिविधिविरुद्ध सन्देश दिन सभामा सभा आयोजना गरिएको हो । इन्चार्ज भट्टले भने,जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिने छ ।’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।
त्यसैगरी कञ्चनपुर जिल्लाबाट जनसहभागिताका लागि व्यपक तयारी थालिएको नेकपा एमाले कञ्चपनुर जिल्लाका उपाध्यक्ष एवं पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख जनकराज अवस्थीले बताउनुभयो । ‘एमालेको प्रदेश कमिटीले धनगढीमा आयोजना गर्ने सभाको लागि कञ्चपनुर जिल्लाबाट वढिभन्दा बढि जनसहभागिता गराउनका लागि हामीहरु तयारी गरीरहेका छौ,’ कञ्चपनुर प्रचार तथा प्रकाशन विभाग प्रमुख अवस्थीले भन्नुभयो ‘कञ्चपनुर जिल्लाबाट दशौ हजार कार्यकर्ता, सर्वसाधारणलाई कार्यक्रममा सहभागि गराउने तयारीमा जुटेकाछौ, तयारी लगभग अन्तिम तिर पनि रहेको छ । पार्टिका जिल्लादेखि निर्वाचन क्षेत्र, पालिका, वडास्तर र टोल कमिटिहरुको बैठक गरसिकेकाछौ ।’

वडादेखि निर्वाचन क्षेत्र सम्मका लागि पार्टिले जिम्मेवारी तोकिसकोे उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

नौ महिना कोखमा राखेर जन्माएको र अनेक दुःखले हुर्काएको सन्सतान कुलतमा लागे के होला ?

समाज प्रति मेरो मनको पीडा र आग्रह रमेश बस्नेत, कञ्चनपुर आज दोधारा चाँदनी नगरपालिकाको एक सचेत नागरिकको हैसियतले जब म आफ्नो सम...
महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महाकाली बहुप्राविधिक शिक्षालयले विस्तार गर्‍यो सहकार्यको दायरा, अस्पताल र ल्याबसँग सम्झौता

महेन्द्रनगर – कञ्चनपुरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले स्वास्थ्य सेवा तथा प्राविधिक जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन...
इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

इन्टरनेशनलका विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच

महेन्द्रनगर–इन्टरनेशन पब्लिक स्कुलले स्वास्थ्य शिविर आयोजनागरी बिशेषज्ञ डाक्टरहरुबाट विद्यार्थी र अभिभावकको स्वास्थ्य जाँच गराएको ...
पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

पत्रकार महासंघ बझाङको अध्यक्षमा ललित सिंहले पदभार ग्रहण गर्दै

महेन्द्रनगर - नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललित सिंहले पदभार ग्रहण गर्ने भएका छन्। महासंघको अघिल्लो निर्वाचनमा तत...

करार कर्मचारीले महँगी भत्ता, सामाजिक सुरक्षा कोष र बिदा सुविधा माग्दै आर्थिक मामिलामन्त्रीलाई ज्ञापनपत्र

धनगढी - सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालय, सचिवालय, आयोग तथा अन्य सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरू...
उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न

महेन्द्रनगर - उत्तम चन्द स्मृति प्रतिस्ठान कंचनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार वैजनाथ माविको सभाहलमा उत्तम चन्द स्म...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज