Advertisement

एमालेको बिशेष सभालाई ज्ञवाली र पोखरेलले संवोधन गर्ने

महेन्द्रनगर–नेकपा एमालेले कैलालीको धनगढीमा आयोजना गर्ने प्रदेशस्तरीय विशेष सभाको तयारी तिब्र बनाएको छ । पार्टी प्रदेश कमिटीको नेतृत्वमा यही चैत्र २९ गते हुने बिशेष सभालाई व्यापक बनाउन प्रचार प्रसार देखि अन्य व्यवस्थापकीय तयारीलाई तिब्र पारिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिनुभयो ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको नेकपा एमालेले जनाएको छ । सभालाई नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलले संवोधन गर्ने प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं पार्टी प्रदेश कमिटी उपसचिव भागरथी विष्टले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली आउने भनिएपनि अन्तिममा सरकारकै काममा व्यस्त रहनु पर्ने भएकोले उपाध्यक्ष र महासचिवले संवोधन गर्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।

पार्टी उपाध्यक्ष, महासचिव सहीत पार्टी प्रदेश इन्चार्ज एवं सचिव लेखराज भट्टले पनि सभालाई संवोधन गर्ने कार्यतालिका बनाइएको छ । नेकपा एमालेले प्रदेश कमिटीकै आयोजना रहने सभालाई सन्देश र शक्ति प्रर्दशनका रुपमा लिएको छ । प्रत्येक जिल्लाबाट पार्टीका २३ वटै जनसंगठनका नेता कार्यकर्ता, पार्टी टोल, वडा, पालिका र जिल्ला कमिटीका नेता कार्यकर्तालाई सभामा अनिवार्य सहभागि हुन भनिएको छ ।

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा धनगढीमा बिशेष सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । सचिव चन्दका अनुसार ‘एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, अर्कोतिर देशमा अराजनीतिक भीड बढ्ने खतरा छ, त्यसै अभियानको निरन्तरता र सन्देशका लागि यो सभा आयोजना हुँदैछ।’ पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले तयारीका कामहरु भइरहेको बताए ।

प्रदेश स्तरमै एमालेको शक्ति देखाउने र जनताको समर्थन कस्तो हुन्छ, त्यो सन्देश दिनका लागि बिशेष सभा आयोजना गर्न लागिएको हो, अध्यक्ष जैशीले भने । उनले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि जनतालाई सचेत बनाउन आयोजित कार्यक्रममा सबै गणतन्त्रवादी सहभागि हुने विश्वास व्यक्त गरे ।

पूर्वराजाका नाममा अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि विरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो’ जैशीले भने । ‘परिवर्तनविरोधी गतिविधिविरुद्ध सन्देश दिन सभामा सभा आयोजना गरिएको हो । इन्चार्ज भट्टले भने,जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिने छ ।’ पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।
त्यसैगरी कञ्चनपुर जिल्लाबाट जनसहभागिताका लागि व्यपक तयारी थालिएको नेकपा एमाले कञ्चपनुर जिल्लाका उपाध्यक्ष एवं पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख जनकराज अवस्थीले बताउनुभयो । ‘एमालेको प्रदेश कमिटीले धनगढीमा आयोजना गर्ने सभाको लागि कञ्चपनुर जिल्लाबाट वढिभन्दा बढि जनसहभागिता गराउनका लागि हामीहरु तयारी गरीरहेका छौ,’ कञ्चपनुर प्रचार तथा प्रकाशन विभाग प्रमुख अवस्थीले भन्नुभयो ‘कञ्चपनुर जिल्लाबाट दशौ हजार कार्यकर्ता, सर्वसाधारणलाई कार्यक्रममा सहभागि गराउने तयारीमा जुटेकाछौ, तयारी लगभग अन्तिम तिर पनि रहेको छ । पार्टिका जिल्लादेखि निर्वाचन क्षेत्र, पालिका, वडास्तर र टोल कमिटिहरुको बैठक गरसिकेकाछौ ।’

वडादेखि निर्वाचन क्षेत्र सम्मका लागि पार्टिले जिम्मेवारी तोकिसकोे उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज