महेन्द्रनगर – नेकपा एमाले प्रदेश कमिटीलेले चैत्र २९ गते धनगढीमा प्रदेशस्तरीय विशेष सभा आयोजना गरीरहेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध एमालेले धनगढीमा बृह्त आमसभा आयोजना गर्न लागेको हो । सोही कार्यक्रममका लागि कञ्चनपुर जिल्लाबाट दशौ हजारको संख्यामा कार्यकर्ता सहभागिता गराउन तिब्ररुपमा तयारी भईरहेको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले बताउनुभयो । नेकपा एमालेले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका समन्वय कमिटि तथा पालिका कमिटिहरुलाई जिम्मेवारी समेत तोकिसकेको उहाँले बताउनुभयो ।
नेकपा एमाले कञ्चनपुरका पार्टी प्रचार विभाग प्रमुख समेत रहेका अवस्थीले धनगढीको विशेष सभामा कञ्चनपुरबाट १० हजार बढीको जन सहभागीता गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार तीन वटै क्षेत्रिय समन्वय कमिटि र पालिका कमिटिहरुलाई जिम्मेवारी दिएर जन परिचालनको तिव्र रुपमा तयारी भईरहेको छ । एमाले कञ्चनपुरले कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर १ मा पार्टी केन्द्रीय सदस्य कमला बोहरालाई जन परिचालन अनुगमन समितिको जिम्मेवारी तोकिको छ भने त्यहाँका पालिका कमिटिको विस्तारीत बैठक आयोजना गरि थप तयारी गर्ने योजना छ । त्यस्तै निर्वाचन क्षेत्रमा नम्बर २ मा जन परिचालन अनुगमनको जिम्मेवारी नेकपा एमाले केन्द्रीय सदस्य नर बहादुर धामीलाई दिईएको छ ।
वेदकोटमा नगर कमिटिका कार्य बहाक अध्यक्ष जनक विष्ट, शुक्लाफाँटामा नगर कमिटि अध्यक्ष धिरेन्द्र साउद र कृष्णपुरमा नगर कमिटि अध्यक्ष कुवेर खड्कालाई जन परिचालन संयोजकको जिम्मेवारी दिईएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नंम्बर ३ मा भने पार्टी केन्द्रीय सदस्य ईन्चार्ज कृपाराम रानालाई जन परिचालन समितिको जिम्मेवारी तोकीएको छ । धनगढी सभाबाट गणतन्त्रको पक्षमा देशव्यापी रुपमा सन्देश दिनका लागि उक्त सभाको आयोजना भईरहेको एमालेले जनाएको छ । सभाको पुर्व तयारी स्वरुप कैलाली र कञ्चनपुरमा अघिल्लो साता बृहत मोटरसाईकल ¥याली समेत निकालिएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।