Advertisement

भलिबल खेलाडीलाई पोषाक वितरण

महेन्द्रनगर–कञ्चनपुरका भलिबल खेलाडीलाई पोषाक तथा खेलकुद समाग्री वितरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले जिल्लाका ६० जना खेलाडीलाई खेल पोषाक सहित खेलकुद समाग्री वितरण गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई पोषाक वितरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा सुदूरपश्चिम खेलकुद क्षेत्रको बृद्धि विकासका लागि उर्बरभूमि रहेको समेत बताउनुभयो । उहाँले खेलक्षेत्रमा पनि एक किसिमको अनुसन्धान गरीरहेको पनि बताउनुभयो । फरक फरक अनुहार, उचाई, हावापानी, फरकफरक शारीरिक बनावट भएका मानिसहरुको एउटै क्षेत्र सुदूरपश्चिम भएकाले सुपमा हामीले अध्ययन नै गरीरहेको सदस्य सचिव घिसिङले बताउनुभयो । नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको स्कूलरशिप अन्तरगत अहिले १५ बर्षमुनिका खेलाडीहरुलाई दैनिक खाजा वाफत सय रुपया दिईरहेको बताउनुभयो । ‘१५ बर्षमुनिका खेलाडीहरुलाई चारओटा खेल कवड्डि, खोखो, भलिबल र रब्बीका खेलाडीहरुलाई दैनिक सय रुपयमा दिदै आएकाछौ,’ उहाँले भन्नुभयो ‘यो खासमा अनुसन्धान नै हो, यसले भोलीको निकट भविष्यमा नै प्रतिफल दिनेछ ।’

उहाँले खेलाडीहरुलाई उप्रेरणामुलक सन्देश दिदै आफु खेलाडीलाई भाइृबहिनी नभनि साथी भन्ने गरेको बताउभुयो । ‘खेलेर के पाउछ ?’ भन्ने प्रश्नको जवाफ दिनको लागि आफुले काम गरेको सदस्य सचिव घिसिङले बताउनभुयो । ‘खेलेर के पाउछ ? भन्ने प्रश्नको जवाफ दिनको लागि कलम चलाए, र फलत खेलकुद विकास नियावली २०७९ जारी भयो, त्यहा ओलम्पीकमा स्वर्णपदक प्राप्त गनेृ व्यक्तिले एक करोड रजत पदक ९७ लाख, कास्य पदक ६५ लाख र एसियन गेममा स्वर्ण पदक प्राप्त गनेलाई ३२ लाख ७५ लाख, रजत पदक १९ लाख, कास्य पदक प्राप्त गर्नेलाई १३ लाख पुरस्कारको व्यवस्था ग¥यौ,’ उहाँले भन्नुभयो ‘कानुन निमार्ण गरीयो र खेलाडिमा एकखालको जवरजस्त उत्साह थपियो जसको फलस्वरुप एसियन गेम्समा रजत, समुहगत तर्फ कवड्डीमा कास्य, त्यसैगरी एसियन पारामा कास्य पदक समेत जित्यो र त्यही नियमावलीमा उल्लेखित रकमले पुस्कृत गर्ने अवसर पनि पाईयो ।’


कार्यक्रमका प्रमुख अथिति समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल सिघिङ्गले सुदूरपश्चिम खेलकुद क्षेत्रको बृद्धि विकासका लागि उर्बराभूमि रहेको समेत बताउनुभयो । ‘सुदूरपश्चिमबाट सबैजसो खेलको टिममा अधिकांस खेलाडि सुदूरपश्चिमको बर्चश्व कायम गर्दैआएको छ,’ उहाले भन्नुभयो ‘त्यसकारण पनि सुदूपश्चिम खेलकुद क्षेत्रको लागि बृद्ध विकासका लागि उर्वरभूमि हो ।’


पोषाक वितरण कार्यक्रममा भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले खेलकुदमा उच्च मेहनत गरेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरक सिह धामीले नयाँ खेलाडीले अनुशासिक रुपमा खेल खेल्नुपर्ने बताउनुभयो । ‘नयाँ खेलाडी भाईबहिनीहरुले परिश्रमी, लगनशिलता र अनुशासित भएर खेल खेल्नुपर्छ,’ उपाध्यक्ष धामीले भन्नुभयो ‘एक दिन देशकै प्रतिनिधत्व गर्नेछौ, भोलीको दिनमा कर्पोरेट क्षेत्रले लगानी गर्ने बाताबरण समेत बनिरहेको छ, यसले खेल क्षेत्र र खेलाडी लाई नै सहयोग पुग्नेछ ।’


जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिह मौनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले संचालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज