महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत गणतन्त्रको पक्षमा बृहत ऱ्यालीसहित कोण सभा आयोजना गर्ने भएको छ । शनिबार कञ्चनपुर पार्टी अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बसेको बैठकले संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्र्तगत महेन्द्रनगरमा चैत्र १८ गते मोटर साईकल यालीसहित कोण सभा आयोजना गर्ने निणर्य गरेको हो। ऱ्याली व्यवस्थापनका लागि जिल्लाका नौ वटै पालिका कमिटिलाई व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ । ऱ्याली पार्टी कार्यालयबाट सुरु हुनेछ । बैठकमा नेकपा एमाले पालिटव्युरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजतन्त्रवादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताए । उनले राजावादी आन्दोलन नेकपा एमालेको नेतृत्वमाथिको प्रहार भएको बताए । ‘बाह्य शक्तीको आडमा भुतप्रेत भईसकेको राजतन्त्र फर्काउने कुरा पश्चगमनको बाटो हो, ईतिहास पछाडी फर्किने कुरा हुदैन्, जनस्तरबाटै यसको शसक्त प्रतिवाद गर्नु पर्छ ।’ नेता रावलले भने ‘गणतन्त्र नेपालको पक्षमा सबै नेता कार्यकर्ता र जनवर्गीय संगठनहरु परिचालित हुन निर्देशित गर्दछु ।’
एमालेले चैत्र २९ गते गणतन्त्रको पक्षमा सञ्चालित जागरण अभियान अन्तरगत धनगढीमा विशाल सभा आयोजना गर्ने तयारी पनि गरेको छ। नेकपा एमाचे पालिट ब्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरु देवी पालने सुदूरपश्चिमबाट गांष्ट्रय सन्देश दिन भेलाको आयोजना गरिन लागेको बताईन् । उनले पार्टीको जागरण अभियान अन्र्तगत प्यालीसहित कोण सभाको तयारी गरिएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।