Advertisement

महेन्द्रनगरमा थरकै कारण तुलसीले पाईनन् डेरा, को होलान् थर सोधेर डेरा छैन भन्ने ?

महेन्द्रनगर–तुलसीले सुदूरपश्चिम विश्वविद्यालय वरपरका धेरैजसो घरमा चाहार्दा पनि डेरा पाउन सकिनन्, कारण एउटै छ त्यो हो थर । दैलेख घर भई हाल सुदूरपश्चिम विश्वविद्यालयमा कानुन संकाय अन्तरगत छैटौ सेमिष्टरमा अध्ययनरत विद्यार्थी तुलसी विकले थरकै कारण विश्वविद्यालय आसपासका घरमा डेरा नपाएको गुनासो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थीत भएर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई सुनाईन् । विश्व अर्को ग्रहमा आवासको खोजी गरीरहदा कञ्चनपुरमा मानवले मानवको घरमा डेरा पाउन मुस्किल परेको विषय सार्वजनिक भएको छ । विद्यार्थी विकले पनि प्रमुख जिल्ला अधिकारी सापकोटालाई आफ्नो पीडा सुनाइन् । उनले आफूले डेराका लागि विश्वविद्यालय आशपास क्षेत्रका सबै घर पुगेको बताइन् । ‘कोठा हेर्न जान्छु, कोठा छ भन्नु हुन्छ, जात सोधेपछि दलित हुँ भन्ने थाह पाएपछि हुँदैन भन्छन्’ उनले सुनाइन्,‘मलाई यहाँ यसरी जातीय विभेद हुन्छ भन्ने थाह थिएन, कोठा पाउँदैन भन्ने थाह थिएन ।’


जातका कारण कोठा नपाएपछि आफू मानसिक रुपमा पीडामा परेको समेत उनले सुनाइन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले पनि उनलाई लिखित उजुरी लिएर आए थरकै कारण विभेद गरी डेरा नदिने घरवेटीलाई कारवाहीका प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘कसैले आफ्नो घर भाडामा दिन्न सक्छ, त्यो उसको अधिकारको कुरा हो, तर सुरुमा भाडामा लगाउन खोज्ने पछि जात सोधेर भाडामा दिन्न भन्न पाउँदैन, कानुनी रुपमा योगर्न पाईदैन’ उहाँले भन्नुभयो ।
केहि दिन अगाडिमात्र तुलसीले भाडा नपाएको बेदना आफ्नो फेसबुक वालमा राख्नु भएको थियो । त्यसैलाई आधारमानी नयाँ खवर अनलाईनhttps://nayaakhabar.com/?p=4844 र विकल्प दैनिक पत्रिकाले प्रकाशित गरेपछि संयुक्त दलित संघर्ष समिति गठन भएको छ, जसले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई ज्ञापन पत्र पनि बुझाएको छ ।
संयुक्त दलित संघर्ष समितिले ज्ञापन पत्रमा स्थानीय तहले घर भाडामा दिने सबै घरधनी सूचीकृत गरी सबैलाई भाडामा दिन सकिने व्यवस्था गर्न ज्ञापन पत्रमा माग राखेको छ । संघर्ष समितिका अध्यक्ष गणेश नेपालीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइएको हो । मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले ज्ञापन वाचन गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार प्रताप तिरुवा, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गणेश विक, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश तिरुवा, नेकपा समाजवादीका विनोद नेपाली, अधिकारकर्मी नरेश सिलाल लगायत नेताहरु प्रशासन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज