Advertisement

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

–तुल्सि बिश्वकर्मा
हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करिब दुई बर्ष हुन लाग्यो । यस ठाउँमा पहिलो पटक बसाइँ गर्दै गर्दा करिब एक महिनासम्म पनि कोठा नपाएर कष्टपुर्ण वातावरण सिर्जना भएको थियो । यो बिषयमा त्यति बेला पनि कुरा उठेको थियो तर मैले आफै नै यो बिषयलाई सामान्यीकरण गरेको हुँ । नयाँ ठाउँको नयाँ वातावरण बुझ्न न भनेर मैले यो बिषयलाई त्यति बढवा नदिने निर्णय गरेको हुँ । तर जति समय बित्दै गयो त्यति नै बिकराल रुप लिने गरेको पाइयो । नयाँ सेमिस्टार भर्ना भएसंगै नयाँ भाई बहिनीहरु जुन दलित समुदायबाट प्रतिनिधित्व गर्छन उनीहरुका लागि पनि कष्टपुर्ण वातावरण सिर्जना भएको छ । के सुदूरपश्चिम विश्वबिद्धालय दलित समुदायका विद्यार्थीहरुका लागि स्थापना भएको होइन र ?

यदि दलित विद्यार्थीका लागि होइन भने भर्ना किन लियो र ?
सुदूरपश्चिम बिश्वबिद्यालय सबैका लागि हो र शिक्षाको हक सबैका लागि हो भने हामीलाइ यस्तो वाताबरण सिर्जना किनर ?
स्वच्छ वातावरणमा पढ्न पाउनु हाम्रो अधिकार हो कि होइनर ?
यो समाजले दिएको मानसिक यातनाको जिम्मेवार कोर ?
यो विषयमा यहाका समाजसेवी , बुद्धिजीवी ,स्थानीय सरकार
, बिश्वबिद्धालय अन्जान भने पक्कै छैन।
र पनि मौन किन र ?

मलाई लाग्छ बिश्वबिद्धालय त्यहा हुन्छ जहाँ सम्पुर्ण विद्यार्थीका लागी शिक्षामा सहजीकरण हुन्छ । जहाँ त्यहाको समुदायलाइ आवश्यकता हुन्छ । सम्पुर्ण विद्यार्थीका लागी सहजीकरण भैरहदा दलित समुदायका लागी मात्र असजिकरण किन र कहिले सम्म । स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन खोज्दा व्यवस्थापन गरिदिने कुरा आउँछ । तर प्रष्ट आउँदैन । एक ब्यक्तिलाई मात्र ब्यबस्थापन गरि यो कुरालाई सामान्यिकरण नगरियोस् । भोलि आउने र आइरहेका दलित समुदायका विद्यार्थीहरुका लागि सहज वातावरण निर्माण गरिओस । म दलित भएकै कारण हप्तादिन सम्म खोज्दा पनि भाडामा कोठा भेटाउन सकेको छैन। कानुन संकायमा अध्यायनरत म र सो कानुन संकाय मै अध्यायनरत बैनि हरिना सुनारले दलित भएकै कारण कोठा पाएका छैनौ । म कानुन संकाए छैटौ सेमेस्टारमा अध्यानरत छु बैनि हरिना सुनार तेस्रो सेमेस्टारमा अध्यानरत छिन् । मसंग मेरो भाई पनि छ भने, हरिनासंग उनका एक भाई एक बहिनी र उनकी आमा छन् ।

दलित र पिछडिएको वर्गका लागि भनेर युद्ध गरेर ल्याएको वर्तमान संविधानमा व्यवस्था गरेको सम्मानताको हक आज हामी दलितका लागि त्यो कागजको खोष्टोमा सीमित भएको छ । कोठा छ भन्दै जाँदा घरबेटी छ भन्छन कोठा देखाउँछन र जात सोध्छन जात दलित थाहा पाएपछि कोठा हँुदैन भन्छन। हामी अहिले दलित समुदायकै एउटा घरमा बस्दै आइरहेका छौ। यो घरका घरबेटी अहिले महेन्द्रनगर भन्दा बाहिर बस्छन तर अब उनीहरु महेन्द्रनगरमा नै बस्ने भएकाले उनीहरुले कोठा छाड्न भनेपछि हामी कोठा छोड्न लागेका हौं। यस बिषमा न विश्वविद्यालय गम्भीर छ न त यहाँ का समाजसेवि बुद्धिजीवी नै जिम्मेवार देखिन्छन । तर यस्ता बिषयमा जानकार भने नभएका भने होइनन् । हामी कानुन पढन भनेर सुदुपश्चिम आएका हौ। तर यहाँ छुवाछूत र विभेदले गर्दा हाम्रो पढन मन मरेर आएको छ । हामी लाई यहि कोठा नपाइएको चिन्ताले थकित भएका छौ । दिनभरि महेन्द्रनगरका गल्लि गल्लि कोठा खोज्दै भौतारिन्छौ र साझ फेरि भारि मन र थकित शरिर लिएर पुरानै कोठामा फर्किन्छौ । राज्यले समानता भन्छ खै कहाँ छ हाम्रो लागि त्यो सम्मानतारु खै कहाँ छ त्यो दलितको अधिकार रु कहिले सम्म खेप्नु पर्ने हो अझै यी पिडाहरु मलाई लागेको थियो व्यवस्था बदलियो । मान्छेको चेतना पनि बदलियो होला तर वास्तवमा हाम्रो समाजमा जति सुकै पढेका मान्छे भएपनि सामाजिक चेतना भने जिरो नै रहेछ। कहिले होला समानता कठै यो समाज को चेतना । मान्छे लाई मान्छेको महसुस गराउन नदिने समाज ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज