महेन्द्रनगर–महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिटी स्क्यान सेवा सञ्चालन हुने भएको छ । महाकाली प्रादेशिक अस्पतालमा असारको पहिलो सातादेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईने भईएको हो । अस्पतालले सिटिस्क्यान सेवा सञ्चालनका लागि उपकरण आपूर्तिकर्ता संग फागुन ६ गते सम्झौता गरेको छ । सम्झौता अनुसार सम्झौता भएको मितिदेखि चार महिनामा उपकरण जडान गरी आपूर्तिकर्ताले उपकरण सञ्चालन गरी हस्तान्तरण गर्नुपर्ने छ । सिटिस्क्यान उपकरण खरिदका लागि अस्पतालले बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको छ ।
सिटिस्क्यान सेवा सञ्चालन गर्नका लागि सामाजिक विकास मन्त्रालय प्रदेश सरकारसंग बजेट माग गरेका र सरकारले बजेट दिएपछि सिटिस्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष किरण भट्टले बताउनुभयो । असारको पहिलो साताबाट नै सिटिस्क्यान सेवा प्रवाह गर्ने अध्यक्ष भट्टले बताउनुभयो । ‘महाकाली प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप बढिरहेको र प्रदेश सरकारसंग बजेट माग गरेका थियौ, सो बजेट माग अनुसार सिटिस्क्यान मेसिनको टेण्डर प्रक्रिया भईसकेको छ र त्यसैअनुसार सप्लार्यसंग सम्झौता पनि गरीसकेकाछौ र सम्झौताका लागि एक सय २० दिन मागेको छ,’ उहाँले भन्नुभयो ‘सम्झौता मितिबाट चारमहिनाभित्र महाकाली अस्पतालबाट सिटिस्क्यान सेवा प्रवाह गर्नेछौ, यहाँका स्थानीयले बाहिर जानुपर्ने सास्ती खेप्नु नपर्ने र यस सेवाबाट लाभान्वित हुनेछन् ।’
सिटिस्क्यान सेवा संञ्चालनका लािग मेनपावरको व्यवस्थापन समेत गरीसकेको उहाँ बताउनुभयो । ‘मेनपावरको लागि समस्या हुदैन, हामीसंग अहिले रेडियोलोजिष्ट डाक्टर हुनुहुन्छ, एकदुई जना थप चाहिने हो त्यो त व्यवस्थीत भईहाल्छ,’ अध्यक्ष भट्टले बताउनुभयो । सिटिस्क्यान सेवा सञ्चालनमा आएमा कञ्चनपुर जिल्लाका सेवाग्राही लाभान्भीत हुनेछ । सिटिस्क्यानकै लागि यहाँका सेवाग्राही धनगढी र भारतका विभिन्न सहरहरुका अस्पतालमा जान बाध्यछन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।