Advertisement

महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालन गरीदै

महेन्द्रनगर–महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिटी स्क्यान सेवा सञ्चालन हुने भएको छ । महाकाली प्रादेशिक अस्पतालमा असारको पहिलो सातादेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईने भईएको हो । अस्पतालले सिटिस्क्यान सेवा सञ्चालनका लागि उपकरण आपूर्तिकर्ता संग फागुन ६ गते सम्झौता गरेको छ । सम्झौता अनुसार सम्झौता भएको मितिदेखि चार महिनामा उपकरण जडान गरी आपूर्तिकर्ताले उपकरण सञ्चालन गरी हस्तान्तरण गर्नुपर्ने छ । सिटिस्क्यान उपकरण खरिदका लागि अस्पतालले बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको छ ।
सिटिस्क्यान सेवा सञ्चालन गर्नका लागि सामाजिक विकास मन्त्रालय प्रदेश सरकारसंग बजेट माग गरेका र सरकारले बजेट दिएपछि सिटिस्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष किरण भट्टले बताउनुभयो । असारको पहिलो साताबाट नै सिटिस्क्यान सेवा प्रवाह गर्ने अध्यक्ष भट्टले बताउनुभयो । ‘महाकाली प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप बढिरहेको र प्रदेश सरकारसंग बजेट माग गरेका थियौ, सो बजेट माग अनुसार सिटिस्क्यान मेसिनको टेण्डर प्रक्रिया भईसकेको छ र त्यसैअनुसार सप्लार्यसंग सम्झौता पनि गरीसकेकाछौ र सम्झौताका लागि एक सय २० दिन मागेको छ,’ उहाँले भन्नुभयो ‘सम्झौता मितिबाट चारमहिनाभित्र महाकाली अस्पतालबाट सिटिस्क्यान सेवा प्रवाह गर्नेछौ, यहाँका स्थानीयले बाहिर जानुपर्ने सास्ती खेप्नु नपर्ने र यस सेवाबाट लाभान्वित हुनेछन् ।’


सिटिस्क्यान सेवा संञ्चालनका लािग मेनपावरको व्यवस्थापन समेत गरीसकेको उहाँ बताउनुभयो । ‘मेनपावरको लागि समस्या हुदैन, हामीसंग अहिले रेडियोलोजिष्ट डाक्टर हुनुहुन्छ, एकदुई जना थप चाहिने हो त्यो त व्यवस्थीत भईहाल्छ,’ अध्यक्ष भट्टले बताउनुभयो । सिटिस्क्यान सेवा सञ्चालनमा आएमा कञ्चनपुर जिल्लाका सेवाग्राही लाभान्भीत हुनेछ । सिटिस्क्यानकै लागि यहाँका सेवाग्राही धनगढी र भारतका विभिन्न सहरहरुका अस्पतालमा जान बाध्यछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज