महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। सो पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।
एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ। माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो। खख्डेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताए। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।