महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिेरोध चयन भएका छन् ।
दानेश्वरहरि बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा बिकला कुमारी रावल, सचिवमा दिनेश धामी, कोषाध्यक्षमा मोनिका चन्द र सदस्यमा आरती राना अनेरास्ववियू बाट निर्विरोध चयन भएको अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले जानकारी दिए । अन्य क्याम्पसहरूमा पनि सहमतिको प्रयास भइरहेको उनले बताए ।
यस्तै, झलारी स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा पनि सहमतिका आधारमा सभापतिको टुंगो लगाइएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेस पण्डीतले जानकारी दिए । कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा नेपाल विद्यार्थी संघका करन प्रसाद भट्ट चयन भएका उनले जनाए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।