महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार्वजनिक गरेको छ । डोटेली भाषा र सङ्गीतलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ विभिन्न समयमा डोटेली भाषाका गित सार्जजनिक गर्दै आईरहेको रातोतातो स्टेसनले ‘हैला बुदी’ मार्फत पुनः दर्शक तथा श्रोताको मन जित्ने प्रयास गरेको छ । रातोतातो स्टेसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा प्रमुख कलाकारका रूपमा रोहित साउद, नीरज भण्डारी र सुरज भण्डारी रहेका छन् ।
भीडियोमा विशेष गरी ग्रामीण जीवनशैली, प्रेम र हास्य रसलाई प्रस्तुत गर्न खोजिएको छ । शब्द, लय तथा सङ्गीत संयोजनले डोटेली मौलिकतालाई जोगाउँदै श्रोतामाझ नयाँ तर रमाइलो प्रस्तुति दिने प्रयास गरेको देखिन्छ। यस गीतको स्वर, सङ्गीत तथा रचना रोहित साउदले गरेका छन्। रातोतातो स्टेसनका गीतहरू दर्शक तथा श्रोताले अत्यधिक मनपराउने गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।