Advertisement

कर्णालीमा खसेको मान्छे उद्धार गर्न गएका आठ जना हिजोदेखि भोकभोकै भीरमै अड्कीए

महेन्द्रनगर– बाजुराको स्वामिकात्तिक खापर गाउँपालिका २ फयाल गाउँका पुसे भण्डारीलाई उद्धार गर्न गएका ८ जना हिजोदेखि भोकभोकै भीरमै अड्कीएका छन् । माछा मार्न दिनहुजसो कर्णाली नदी जाने पुसे झरेउला हाल्ने र जाल खेल्ने गर्दै आएका थिए । आइतबारपनि जाल सहीत कर्णाली नदीमा पुगेका पुसेले आफुले हालेको झर्उलाँको माछा संकलन गरे र केही माछा जाल हानी मारेर फर्किने बेला एक्कासी चिप्लीएर त्यही लडेँ र कर्णाली नदीको किनारामा खस्दा उनको मृत्यू भएको छ ।

घाइते भएका पुसेले आफन्तलाई फोन गरी हातखुट्टा भाँचिएको र उठ्न नसक्ने अवस्थामा पुगेको र आफन्तलाई उद्धारको लागि अपिल गरेको उनका आफन्तले बताएका छन् । आईतबार ४ बजेको समयमा गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिका हतार हतार उद्दारका लागि घटना स्थल पुग्दासम्म ५ बजीसकेको र ३८ बर्षिय पुषे अचेत अवस्थामा रहेका थिए ।

तर उद्दारका लागि गएका आफन्त पुसे खसेको स्थान नपुग्दै बीचैमा फसे । पुसे भण्डारीको ज्यान गइसकेको छ । अरु उद्दारका लागि गएका आठ जना पनि आइतबार साँझदेखि बीचमै अड्कीएका छन् । तल झर्दा कर्णाली नदी छ । माथि आउन भीर छ जता गएपनि जोखिममा छन् उनीहरु ।

उद्दारका लागि सहज हुनेभएपछि ३ जना १२÷१३ वर्षका बालबालिका पनि साथमा लिएर गएको देखिन्छ । उनीहरु पनि खानापानी विनै हिजैदेखि भीरमै अड्कीएको भन्छन्, स्वामिकात्तिक खापर गाउँपालिका २ का वडा अध्यक्ष विष्णुबहादुर बुढा । पुसे भण्डारी र भीरमा अड्कीएका स्थानीय सबै बुढाकै गाउँका आफन्त हुन् ।

साँझदेखि नै प्रहरीको टोली घटना स्थलमा छ । तर उद्दारको कुनै विकल्प नभएपछि सबैजना जागराम देखिन्छ । भीरबाट खसेको मान्छेको ज्यान गइसक्यो, उद्दारका लागि गएकाहरुको उद्दारमा थप समस्या देखिएको वडाध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट बोट ल्याउने तयारी भइरहेको छ ।

कर्णालीमा बोट मार्फत उद्दारको तयारी गरिएको छ । त्यो पनि तत्काल उद्दार हुने अवस्था देखिदैन् । भीरमै अड्कीएकाहरु भोकभोकै छन् । पानी समेत खान पाएका छैनन् । रातभरिको चिसोले उनीहरुको स्वास्थ्य पनि कमजोर हुँदै गएको देखिन्छ । भीरमा अड्कीएकाहरुले आफूहरुको उद्दारको अपिल गरिरहेका छन् । डोरी अड्काएर तान्ने अवस्था समेत नरहेको स्थानीयको भनाई छ । उनीहरुलाई पनि कर्णाली नदी किनारमै खसाएर बोट मार्फत नै उद्दार गर्नु पर्ने अवस्था देखिन्छ ।

यता बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले मृतकको शव नदीको खोचमा रहेको र अड्कीएका स्थानीय पनि भीरको बीच स्थानमा रहेकोले हेलिकप्टर मार्फत उद्दारको संभावना नरहेको बताउँछन् । हिजैबाट प्रहरीको उद्दारटोली घटनास्थलमै रहेकोले कर्णालीमा बोट मार्फत शव र अड्कीएका स्थानीयलाई उद्दारको उपाय निकालिएको जानकारी दिए ।

माछा पर्ने सिजन भएकोले यतिबेला स्थानीय कर्णाली नदीमा झरेउलाँ हाल्ने, जाल खेल्ने गर्दछन् । माछा मारेर उनीहरुले दैनिक आम्दानी गर्ने गरेको देखिन्छ । नदीमा जाल खेल्ने क्रममै चिप्लीएर घाइते हुने, ज्यान समेत जाने घटनाहरु वर्षेनी घट्ने गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

–तुल्सि बिश्वकर्मा हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करि...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय ग...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिक...
सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अव...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिे...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज