Advertisement

कर्णालीमा खसेको मान्छे उद्धार गर्न गएका आठ जना हिजोदेखि भोकभोकै भीरमै अड्कीए

महेन्द्रनगर– बाजुराको स्वामिकात्तिक खापर गाउँपालिका २ फयाल गाउँका पुसे भण्डारीलाई उद्धार गर्न गएका ८ जना हिजोदेखि भोकभोकै भीरमै अड्कीएका छन् । माछा मार्न दिनहुजसो कर्णाली नदी जाने पुसे झरेउला हाल्ने र जाल खेल्ने गर्दै आएका थिए । आइतबारपनि जाल सहीत कर्णाली नदीमा पुगेका पुसेले आफुले हालेको झर्उलाँको माछा संकलन गरे र केही माछा जाल हानी मारेर फर्किने बेला एक्कासी चिप्लीएर त्यही लडेँ र कर्णाली नदीको किनारामा खस्दा उनको मृत्यू भएको छ ।

घाइते भएका पुसेले आफन्तलाई फोन गरी हातखुट्टा भाँचिएको र उठ्न नसक्ने अवस्थामा पुगेको र आफन्तलाई उद्धारको लागि अपिल गरेको उनका आफन्तले बताएका छन् । आईतबार ४ बजेको समयमा गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिका हतार हतार उद्दारका लागि घटना स्थल पुग्दासम्म ५ बजीसकेको र ३८ बर्षिय पुषे अचेत अवस्थामा रहेका थिए ।

तर उद्दारका लागि गएका आफन्त पुसे खसेको स्थान नपुग्दै बीचैमा फसे । पुसे भण्डारीको ज्यान गइसकेको छ । अरु उद्दारका लागि गएका आठ जना पनि आइतबार साँझदेखि बीचमै अड्कीएका छन् । तल झर्दा कर्णाली नदी छ । माथि आउन भीर छ जता गएपनि जोखिममा छन् उनीहरु ।

उद्दारका लागि सहज हुनेभएपछि ३ जना १२÷१३ वर्षका बालबालिका पनि साथमा लिएर गएको देखिन्छ । उनीहरु पनि खानापानी विनै हिजैदेखि भीरमै अड्कीएको भन्छन्, स्वामिकात्तिक खापर गाउँपालिका २ का वडा अध्यक्ष विष्णुबहादुर बुढा । पुसे भण्डारी र भीरमा अड्कीएका स्थानीय सबै बुढाकै गाउँका आफन्त हुन् ।

साँझदेखि नै प्रहरीको टोली घटना स्थलमा छ । तर उद्दारको कुनै विकल्प नभएपछि सबैजना जागराम देखिन्छ । भीरबाट खसेको मान्छेको ज्यान गइसक्यो, उद्दारका लागि गएकाहरुको उद्दारमा थप समस्या देखिएको वडाध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट बोट ल्याउने तयारी भइरहेको छ ।

कर्णालीमा बोट मार्फत उद्दारको तयारी गरिएको छ । त्यो पनि तत्काल उद्दार हुने अवस्था देखिदैन् । भीरमै अड्कीएकाहरु भोकभोकै छन् । पानी समेत खान पाएका छैनन् । रातभरिको चिसोले उनीहरुको स्वास्थ्य पनि कमजोर हुँदै गएको देखिन्छ । भीरमा अड्कीएकाहरुले आफूहरुको उद्दारको अपिल गरिरहेका छन् । डोरी अड्काएर तान्ने अवस्था समेत नरहेको स्थानीयको भनाई छ । उनीहरुलाई पनि कर्णाली नदी किनारमै खसाएर बोट मार्फत नै उद्दार गर्नु पर्ने अवस्था देखिन्छ ।

यता बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले मृतकको शव नदीको खोचमा रहेको र अड्कीएका स्थानीय पनि भीरको बीच स्थानमा रहेकोले हेलिकप्टर मार्फत उद्दारको संभावना नरहेको बताउँछन् । हिजैबाट प्रहरीको उद्दारटोली घटनास्थलमै रहेकोले कर्णालीमा बोट मार्फत शव र अड्कीएका स्थानीयलाई उद्दारको उपाय निकालिएको जानकारी दिए ।

माछा पर्ने सिजन भएकोले यतिबेला स्थानीय कर्णाली नदीमा झरेउलाँ हाल्ने, जाल खेल्ने गर्दछन् । माछा मारेर उनीहरुले दैनिक आम्दानी गर्ने गरेको देखिन्छ । नदीमा जाल खेल्ने क्रममै चिप्लीएर घाइते हुने, ज्यान समेत जाने घटनाहरु वर्षेनी घट्ने गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज