Advertisement

सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल : प्रधानमन्त्री ओली

महेन्द्रनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल भएको बताउनु भएको छ । आईतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधामन्त्री ओलीले सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक संरचना भएको र धार्मिक दृष्टीकोणले पनि सुदूरपश्चिम उद्धगम स्थल रहेको बताउनुभएको हो । ‘प्राचिनकालमा वेदव्यासले महाकाली नदिको पुर्वी किनारमा बसेर, लामो तपस्या गरेकाले व्यास हिमाल नामाकरण गरिएको हो,’ प्रधानमन्त्री ओली भन्नुभयो ‘सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक धार्मिक दुष्ट्रिकोणले पनि उद्धगमस्थल छ, तपाईहरुले आफ्नो जन्मभुमिको लागि गर्ने बेला आएको छ ।’ सुपमा अपी हिमाल, लगायतका थुप्रै प्रर्यटकिय स्थल रहेको उहाँले बताउनुभयो ।
प्रधामन्त्री ओलीले उत्कृष्ठ नतिजा हासिल गरेर दिक्षित हुन सफल भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले आगामी भविश्यको शुभकामना व्यक्त गर्दे विद्यार्थीहरुलाई मुलुकको विकासमा अग्रसर हुन आग्रह गर्नुभयो । यस क्षेत्रमा विश्वविद्यालय स्थापना गर्न आफ्नो पनि सुरुवात देखीको प्रयास रहेको उल्लेख गर्दै प्रधानन्त्री ओली विश्वविद्यालयको कोषमा पहिलोपटक ५० हजार राख्ने पहिलो व्यक्ति आफुभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले छाङरुङ जानकालागी पाँच करोड छुट्याएको बताउनुभयो । ‘पहिला उक्त क्षेत्रमा मानिस हिड्न सक्ने गरि गोरेटो बाटो भएपनि खोल्नेछु,’ उहाले भन्नुभयो ‘त्यसको लागि पाच करोड रुपया छुट्याएको छु ।’
सुदूरपश्चिममा एकमात्र मेडिकल कलेज र हस्पिटल गेटामा यसै वर्षदेखी सञ्चालनमा ल्याउने गरि सरकारले कार्य अगाडी बढाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
समारोमा प्रधानन्त्री ओलीले पाचौं दिक्षान्त समारोहमा विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा शिक्षासास्त्र संकायबाट ३ दशमलव ४० जिपिए सहित स्नातकोत्तर तह उत्रीर्ण भएका पदम राज भट्टलाई चान्सलर पदक प्रदान गरेका छन् । यस्तै, भाइस चान्सर पदक स्कुल अफ एग्रीकल्चर टिकापुरका कुसुम तिमिल्सिनालाई प्रदान गरिएको छ । उनले कृषि विज्ञानमा ३दशमलव ९३ जिपिए सहित स्नातक तह उत्रीर्ण गरेका थिए ।

त्यसैगरी , स्वर्ण पदक तर्फ कैलाली बहुमुखी क्याम्पबाट स्नातकोत्तर तह उत्रीर्ण गरेका उमेश कुमार बिष्ट , सोही क्याम्पसको व्यवस्थापन संकायबाट स्नातकोत्तर तह उत्रीर्ण गरेका गङ्गा दत्त जोशी , विश्वविद्यालयको केन्द्रिय क्याम्पसबाट शिक्षाशास्त्र संकाय उत्रीर्ण गरेका पदम राज भट्ट , सोही क्याम्पबाट शिक्षाशास्त्र संकायमा स्नातक तह उत्रीर्ण गरेका नवराज पन्त , व्यवस्थापन संकायबाट स्नातक तह उत्रीर्ण गरेका दिपेन्द्र प्रसाद पाण्डेय, विज्ञान तथा प्रविधि संकायबाट स्नातक गरेका देवेन्द्र सिह ठगुन्ना, इन्जिनियरबाट स्नातक गरेका श्रव्यराज पण्डित, टिकापुरबाट कृषि विज्ञानमा स्नातक गरेका कुसुम तिमिल्सिनालाई प्रधानमन्त्री ओलीले  स्वर्ण पदक प्रदान गर्नुभएको हो ।

दिक्षान्त समारोहमा ३ सय ७७ विद्यार्थीहरु भौतिकरुपमा उपस्थित भएर दिक्षित भएका थिए भने उपस्थित नभएका अन्यलाई पनि दक्षित भएको घोषणा गरिएको थियो । समारोहमा ३ सय ३० बढी अभिभावकहरुको पनि सहभागी थियो ।

समारोहको अध्यक्षताग्रहण कुलपति प्रधानमन्त्री केपी सर्मा ओलीले गर्नुभएको थियो भने भारतको सोबन सिह जीना विश्वविद्यालय, अल्मोडा, उत्तराखण्डका कुलपति प्रोफेसर सत्पाल सिह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज