महेन्द्रनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम ऐतिहासिक तथा धार्मिक दृष्ट्रिकोणले उद्धगम स्थल भएको बताउनु भएको छ । आईतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधामन्त्री ओलीले सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक संरचना भएको र धार्मिक दृष्टीकोणले पनि सुदूरपश्चिम उद्धगम स्थल रहेको बताउनुभएको हो । ‘प्राचिनकालमा वेदव्यासले महाकाली नदिको पुर्वी किनारमा बसेर, लामो तपस्या गरेकाले व्यास हिमाल नामाकरण गरिएको हो,’ प्रधानमन्त्री ओली भन्नुभयो ‘सुदूरपश्चिममा थुप्रै धार्मिक एवम् ऐतिहासिक धार्मिक दुष्ट्रिकोणले पनि उद्धगमस्थल छ, तपाईहरुले आफ्नो जन्मभुमिको लागि गर्ने बेला आएको छ ।’ सुपमा अपी हिमाल, लगायतका थुप्रै प्रर्यटकिय स्थल रहेको उहाँले बताउनुभयो ।
प्रधामन्त्री ओलीले उत्कृष्ठ नतिजा हासिल गरेर दिक्षित हुन सफल भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले आगामी भविश्यको शुभकामना व्यक्त गर्दे विद्यार्थीहरुलाई मुलुकको विकासमा अग्रसर हुन आग्रह गर्नुभयो । यस क्षेत्रमा विश्वविद्यालय स्थापना गर्न आफ्नो पनि सुरुवात देखीको प्रयास रहेको उल्लेख गर्दै प्रधानन्त्री ओली विश्वविद्यालयको कोषमा पहिलोपटक ५० हजार राख्ने पहिलो व्यक्ति आफुभएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले छाङरुङ जानकालागी पाँच करोड छुट्याएको बताउनुभयो । ‘पहिला उक्त क्षेत्रमा मानिस हिड्न सक्ने गरि गोरेटो बाटो भएपनि खोल्नेछु,’ उहाले भन्नुभयो ‘त्यसको लागि पाच करोड रुपया छुट्याएको छु ।’
सुदूरपश्चिममा एकमात्र मेडिकल कलेज र हस्पिटल गेटामा यसै वर्षदेखी सञ्चालनमा ल्याउने गरि सरकारले कार्य अगाडी बढाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
समारोमा प्रधानन्त्री ओलीले पाचौं दिक्षान्त समारोहमा विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा शिक्षासास्त्र संकायबाट ३ दशमलव ४० जिपिए सहित स्नातकोत्तर तह उत्रीर्ण भएका पदम राज भट्टलाई चान्सलर पदक प्रदान गरेका छन् । यस्तै, भाइस चान्सर पदक स्कुल अफ एग्रीकल्चर टिकापुरका कुसुम तिमिल्सिनालाई प्रदान गरिएको छ । उनले कृषि विज्ञानमा ३दशमलव ९३ जिपिए सहित स्नातक तह उत्रीर्ण गरेका थिए ।
त्यसैगरी , स्वर्ण पदक तर्फ कैलाली बहुमुखी क्याम्पबाट स्नातकोत्तर तह उत्रीर्ण गरेका उमेश कुमार बिष्ट , सोही क्याम्पसको व्यवस्थापन संकायबाट स्नातकोत्तर तह उत्रीर्ण गरेका गङ्गा दत्त जोशी , विश्वविद्यालयको केन्द्रिय क्याम्पसबाट शिक्षाशास्त्र संकाय उत्रीर्ण गरेका पदम राज भट्ट , सोही क्याम्पबाट शिक्षाशास्त्र संकायमा स्नातक तह उत्रीर्ण गरेका नवराज पन्त , व्यवस्थापन संकायबाट स्नातक तह उत्रीर्ण गरेका दिपेन्द्र प्रसाद पाण्डेय, विज्ञान तथा प्रविधि संकायबाट स्नातक गरेका देवेन्द्र सिह ठगुन्ना, इन्जिनियरबाट स्नातक गरेका श्रव्यराज पण्डित, टिकापुरबाट कृषि विज्ञानमा स्नातक गरेका कुसुम तिमिल्सिनालाई प्रधानमन्त्री ओलीले स्वर्ण पदक प्रदान गर्नुभएको हो ।
दिक्षान्त समारोहमा ३ सय ७७ विद्यार्थीहरु भौतिकरुपमा उपस्थित भएर दिक्षित भएका थिए भने उपस्थित नभएका अन्यलाई पनि दक्षित भएको घोषणा गरिएको थियो । समारोहमा ३ सय ३० बढी अभिभावकहरुको पनि सहभागी थियो ।
समारोहको अध्यक्षताग्रहण कुलपति प्रधानमन्त्री केपी सर्मा ओलीले गर्नुभएको थियो भने भारतको सोबन सिह जीना विश्वविद्यालय, अल्मोडा, उत्तराखण्डका कुलपति प्रोफेसर सत्पाल सिह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।