महेन्द्रनगर–सत्तारुढ एमाले सम्बद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाजले ३५ हजार सदस्य बनाउने लक्ष्य लिएर तीन महिने जरा अभियानमा होमिएको छ । एमाले केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरमा एमाले र एमाले सम्बद्ध सबै जनवर्गीय संगठन तीन महिने जरा अभियान सञ्चालन गरि रहेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले तीन महिने जरा अभियान अन्र्तगत जिल्लाभर मुक्ति समाजले पार्टी कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन गरेको जानकराी दिनुभयो ।
अध्यक्ष आग्रीका अनुसार जरा अभियान अन्र्तगत जिल्लाभर समाजका ३५ हजार सदस्य बनाउने लक्ष्य छ । ‘३५ हजार सदस्य बनाउने लक्ष्य लिएर अभियानमा लागेका छौ’ उनले भने, यस अन्तर््गत जिल्लाको ९ ओटै पालिका बैठक तथा ९२ वटै वडा सम्मेलन तीव्र रुपमा गरि रहेका छौ ।’
अभियानका लागि पालिकाका सबै कमिटी परिचालन गरिएका छन् । पार्टी सदस्यता नविकरण, थप सदस्य वितरण, प्रशिक्षण , भेला, बैठक लगायत कार्यक्रम दैनिक रुपमा भई रहेको अध्यक्ष आग्रीले बताए ।
एमाले केन्द्रीय सदस्य कृपाराम रानाले पार्टी संगठनलाई टोल स्तरमा बलियो बनाउने गरी जिल्लाभर जरा अभियान सञ्चालन गरिएको बताए । जरा अभियानमा एमालेको केन्द्र, प्रदेश, जिल्ला सबै कमिटीका नेता कार्यकर्ता परिचालन गरिएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।