Advertisement

महोत्सवमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गरीदै

महेन्द्रनगर–कञ्चनपुर उद्योग बाणिज्य संघले नेपाली क्रिकेट जगतका हस्ती एवं अन्तराष्ट्रिय टि–२० क्रिकेट जगतका अलराण्डर दिपेन्द्र सिंह ऐरीलाई अभिनन्दन गर्नेको भएको छ । कञ्चपनुर उद्योगबाणिज्य संघले १६औ प्रदेशस्तरीय औद्योगिक मेला तथा कञ्चपनुर पर्यटन महोत्सवको अवसरमा विश्व कृतिमानी राख्ने क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई नगद रु ५१ हजार पुरस्कारसहित रथमा महेन्द्रनगर बजार परिक्रममा र अभिनन्दन गर्ने भएको हो ।
टि–२० क्रिकेट फर्मेटको खेलमा थुप्रे विश्व कृतिमानी राख्ने खेलाडी दिपेन्द्र सिंह ऐरीलाई कञ्चनपुर उद्योग बाणिज्य संघले मेलाको अवसर पारेर अभिनन्दन तथा रथमा बजार परिक्रममा गराई नगद रु ५१ हजार पुरस्कार प्रदान गर्न लागिएको सघंका अध्यक्ष पिताम्बर जोशीले बताउनुभयो । ‘कञ्चनपुर उद्योग बाणिज्य संघले कञ्चनपुरमा जन्मेको हुर्केको युवा दिपेन्द्र सिंह ऐरी जसले देशको क्रिकेटको नेतृत्व गरीरहेको र देशकै नाम रोसन गरीरहेको छ उहाँलाई ५१ हजार नगद, नगर परीक्रममा सहित अभिनन्दन गरीरहेका छौ,’ अध्यक्ष जोशीले भन्नुभयो ‘यसले क्रिकेट खेलसंग जोडिने अन्य युवा खेलाडीहरुलाई पनि उत्पेरणा मिल्नेछ ।’
दिपेन्द्र सिंहका विश्वकृतिमान
क्रिकेटर दिपेन्द्र सिंह ऐरीले चीनको हाङझोउमा भएको १९औँ एसियाली खेलकुदमा ऐरीले मङ्गोलिया विरुद्ध मात्र ९ बलमा टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका थिए । सायद यो रेकर्ड कसैले पनि तोड्न सक्नेछैनन् । त्यसैगरी एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरमा लगातार ६ छक्का प्रहार गर्ने टी–२० आईमा तेस्रो खेलाडी बनेका थिए। नेपालको उत्कृष्ट अलराउन्डरहरू मध्ये एक मानिएका उनी हाल आइसिसी पुरुष खेलाडी वरियता अनुसार विश्वको दोस्रो उत्कृष्ट टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर हुन् । उनको आक्रामक ब्याटिङ शैलीको कारण उनका फ्यान हरुले उनलाई ‘बाघ’ पनि भन्ने गर्छन ।

अध्यक्ष जोशीले महोत्सवमा अन्य विभिन्न विधा खेलकुद शिक्षा नया उत्पादनमा लाग्ने व्यक्तित्वहरुलाई पनि सम्मान गरिने बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज